हामीलाई बेला बखतमा हिक्क–हिक्क बाडुली लाग्ने गर्छ । जसलाई हामी कसैले सम्झिएको भनेर भन्ने गर्छौ । तर, बाडुली कसैले सम्झिएर हैन कि श्वासप्रश्वास नलीमा केही गडबडी भएको अवस्थामा उत्पन्न हुने लक्षण हो ।
श्वास नली साँगुरो भएर बाहिर आउने श्वास रोकिएको अवस्थामा बाडुली लाग्छ । अर्कोतिर पेटमा हावा भरियो भने वा मस्तिष्कका धमनीमा केही गडबडी भएमा पनि बाडुली लाग्न सक्छ ।
ज्वरो आइरहने वा मिर्गौलामा कुनै गडबडी वा पुरानो रोग भएमा र पानीको कमीका कारण पनि बाडुली लाग्छ । बाडुली लामो समयसम्म लागेमा चिकित्सकको सल्लाह लिनु पर्दछ ।
बाडुली लागेमा यस्ता घरेलु उपचार अपनाउनुहोस्
–अलैँची पिसेर मिस्रीको चास्नीमा राखेर खानुहोस्
–एक लिटर उमालेको पानीमा रायो राखेर तैरिन दिनुहोस् र रायो पिँधमा बसेपछि पानी पिउने गर्नुहोस्
–पानीमा हरियो पुदिना र मिस्री मिसाएर पिउनुहोस्
–तातो दुधमा गाईको घिउ राखेर सेवन गर्नुहोस्
–कागतीको रसमा मह र बिरेनून मिसा खाने र अदुवा चुसिरहने ।
–प्रशस्त मात्रामा व्यायाम गर्ने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया