मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सरकार परिवर्तन हुने भएपछि शेयर बजारमा उछाल

काठमाडौँ– सरकार परिवर्तन हुने भएसँगै शेयर बजारमा एकाएक हरियाली छाएको छ ।

प्रमुख दल नेपाली काँग्रेस र नेकपा एमालले मिलेर सरकार बनाउने सहमति भएसँगै शेयर बजारमा उछाल आएको हो । अर्थमन्त्रीमा विष्णु पौडेल आउने सम्भावना बढेपछि मङ्गलबार शेयर बजार प्रि–सेसनमै बढेको थियो ।

मङ्गलवार बजार खुलेको केही समयमै नेप्से सूचक ४ प्रतिशतले बढेर सक्रिट ब्रेक भएको हो ।

लगानीकर्ताले सरकार परिवर्तनको हल्लासँगै शेयर बजारमा लगानी गर्न उत्साहित देखिएका छन् । आज दिनभर नै बजार बढ्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?