मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के हो इन्स्टाग्रामले ल्याउन लागेको बहुप्रतीक्षित ‘एआई स्टुडियो’ ?

काठमाडौँ – सामाजिक सञ्जाल इन्स्टाग्रामले  ‘एआई स्टुडियो’ नामक नयाँ तथा बहुप्रतीक्षित फिचर ल्याउने भएको छ । 

यो फिचरको सहयोगबाट प्रयोगकर्ताले आफ्नो एआई भर्सन तयार गर्न सक्नेछन् ।

हाल यो फिचर अमेरिकामा बिटा टेस्टरका लागि उपलब्ध छ । यो फिचर आएसँगै राम्रो संख्यामा फलोअर्स भएका प्रयोगकर्ताले आफ्नै एआई भर्सन बनाउन सक्नेछन् भने प्रयोगकर्ताको नामको अगाडि पनि एआई जोडिएको हुनेछ ।

मेसेजको जवाफ दिने तथा कम्युनिटीसँग कुराकानी गर्नमा पनि आफ्नो एआई अवतारको प्रयोग गर्न सकिनेछ।

नयाँ अपडेटसँगै जुन अकाउन्टको एआई भर्सन लाइभ हुनेछ उक्त अकाउन्टमा मेसेज गर्दा एउटा पप अप नोटिफिकेसन देखिनेछ । जसमा उक्त जवाफ एआई जेनेरेटेड भएको उल्लेख हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?