मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अब यी मोबाइलमा चल्ने छैन ह्वाट्सएप

काठमाडौँ – लोकप्रिय मेसेजिङ एप  ह्वाट्सएप यस वर्षदेखि केही एन्ड्रोइड र आईफोनहरूमा नचल्ने भएको छ । 

एपमा सुधार ल्याउँदै र यसको क्षमता विस्तार गर्दै नयाँ नयाँ फिचर समेत थप गरिरहेको मातृ कम्पनी मेटाले यस्तो निर्णय लिएको हो । 

क्यानलटेक नामक वेबसाइटमा प्रकाशित रिपोर्ट अनुसार पुराना भर्सनका गुगल र एप्पल अपरेटिङ सिस्टममा सञ्चालित ३५ मोडेलका मोबाइल फोनमा त ह्वाट्सएपले अपडेट पठाउन बन्द गरेको छ ।

हार्डवेयर राम्रै भए पनि अपग्रेड गर्न असक्षम रहेका केही फोनहरूमा भने अझै पनि ह्वाट्सएप चलिरहेको छ ।

त्यसो त कम्पनीले ह्वाट्सएपका लागि एन्ड्रोइड ५–० भन्दा पछिका अथवा आईओएस १२ वा त्यसपछिका फोनहरू सुझाउने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?