क्षयरोग एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सर्छ । छोटकरीमा यो रोगलाई टिबी भनेर चिनिने यो रोगलाई चिकित्सकीय भाषामा यसलाई ट्युबरकुलोसिस भनिन्छ ।
यसले विशेष रूपमा फोक्सोलाई असर गर्छ। साथै फोक्सो बाहेक अन्य अंगहरुमा पनि यो रोग लाग्दछ। क्षयरोग ८० प्रतिशत जति फोक्सोको क्षयरोग हुने भएकोले विरामीले श्वास फेर्दा हावामा कीटाणु फैलिन्छ।
क्षयरोग लागेको छ भने, के हुन्छ ?
– लगातार २ हप्ता वा बढी समय सम्म खोकी लाग्न सक्दछ।
– खानामा अरुचि हुन्छ, दुब्लाउँदै जान्छ र कमजोर हुने।
– साँझ पख मन्द ज्वरो आउँछ।
– समयमा उपचार नगरेमा मृत्यु पनि हुन सक्छ।
क्षयरोगको शंका लागेमा के गर्ने ?
दुई हप्ता वा बढी समयसम्म खोकी लागेका व्यक्तिले नजिकको स्वास्थ्य संस्थामा गएर खकार जाँच गरी रोग देखिएमा ६ महिनासम्म नियमित औषधि सेवन गरेमा यो रोग पूर्ण निको हुन्छ।
तर जटिल खालको भए २४ महिनासम्म पनि औषधि खानुपर्ने हुन सक्छ । नियमित औषधि आए क्षयरोग पूर्ण रूपमा निको हुन्छ । क्षयरोगको उपचार तथा निदान सेवा सबै स्वास्थ्य संस्थामा निःशुल्क पाइन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया