मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कसरी बन्द गर्ने फेसबुकमा एभ्रीवन ट्याग ?

काठमाडौं –  पछिल्लो समय फेसबुकले सार्वजनिक गरेको ‘एभ्रीवन ट्याग’ (@everyone) धेरैका लागि टाउको दुखाइकाे विषय बन्दै छ । यसको प्रयोग गरेर केही ग्रुपका एड्मिनले अनावश्यक पोस्टमा सबैलाई मेन्सन गरिरहेका हुन्छन् ।

यसरी अनावश्यक पोस्टमा मेन्सन हुनुपर्दा तपाईंलाई दिक्क लागिरहेको हुनसक्छ । आज हामी फेसबुक ग्रुपमा एड्मिनले एभ्रीवन ट्याग राख्दा तपाईं मेन्सन हुने फिचर कसरी बन्द गर्ने भन्ने विषयमा जानकारी दिँदैछौं ।

फेसबुकमा एभ्रीवन (@everyone) ट्याग कसरी बन्द गर्ने ?

– सबैभन्दा पहिले फेसबुक खोल्नुहोस् । 

– त्यसपछि माथि दायाँपट्टि रहेको तीन ओटा लाइन सहितको प्रोफाइल आइकनमा ट्याप गर्नुहोस् । 

– अनि, प्रोफाइल आइकनको तल रहेको सेटिङको अप्सनमा थिच्नुहोस् । 

– यति गरेपछि प्रिफेरेन्स सेक्सनमा रहेको नोटिफिकेसनको अप्सनमा जानुहोस् । 

– अनि ट्यागको अप्सन छान्नुहोस् । 

– अनि सबैभन्दा माथि रहेको फ्रेन्ड्सको अप्सन छान्नुहोस् ।

 – यति गर्नुभयो भने तलपट्टि ‘रिसिभ नोटिफिकेसन फर’ सेक्सन खुल्छ । 

– र, ब्याच एभ्रीवन (Batch @everyone mention) को अप्सनमलाई अफ गर्नुहोस् । 

– यदि तपाईं कुनै ग्रुपको एड्मिन, मोडेरेटर वा एक्सपर्ट हुनुहुन्छ भने पनि तपाईंलाई मेन्सन आइरहेका हुन्छन् । यस्तोमा तलपट्टि रहेको (@admin, @moderator or @experts mention in group) को अप्सनलाई अफ गर्न सक्नुहुन्छ ।

– यसरी तपाईंले फेसबुकमा आइरहने एभ्रीवन ट्यागलाई बन्द गर्न सक्नुहुन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?