मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कस्ता व्यक्तिहरू कुन पोजीसनमा सुत्नु स्वास्थ्यका लागी लाभदायक ?

व्यक्तिपिछे सुत्ने पोजीसन फरक–फरक हुन्छ । कोही खुट्टा तनक्क पारेर सुत्ने हुन्छन्,कोही शरीरलाई एकै ठाउँ जोडेर कक्रक्क परेर सुत्ने हुन्छन्,कोहीलाई होचो सिरानी चाहिन्छ भने कोही निकै अग्लो सिरानीमा निदाउने गर्छन् ।

आफ्नो सहजता र रुचिअनुरूप हामी सुत्ने गर्छौ । तर एउटा कुरा याद गर्नुहोस् सुत्ने तरीकाको कारण पनि स्वास्थ्यमा धेरै असर पर्दछ ।

साधरणतया मानिस आफूलाई जसरी सजिलो लाग्छ त्यसरी नै सुत्ने गर्छन् तर कसरी सुत्नाले शरीरलाई फाइदा हुन्छ या बेफाइदा हुन्छ ख्याल राख्दैनन् । सुत्ने तरिकाकै कारण शरीरलाई फाइदा पुग्ने र हानी पुर्‍याउने हुन्छ । 

कस्ता व्यक्तिहरू कुन पोजीसनमा सुत्ने

गर्भवती महिला

गर्भवती महिलालाई खास गरी बायाँतर्फ कोल्टे फर्केर सुत्न सल्लाह दिने गरिन्छ । जसले गर्दा टाउको दुख्ने, ग्यास्ट्रिकको बिमारीका लागि यो तरिका अत्यन्तै लाभदायक हुन्छ । बायाँ कोल्टे परेर सुत्नाले पाचन प्रणालीमा राम्रो प्रभाव पर्छ । दाहिने कोल्टे सुत्नाले मुटुको सुरक्षा हुन्छ मुटुमा दबाब कम पर्छ । 

मुटु रोगी

यदि तपाईँ मुटु रोगी हुनुहुन्छ भने सधैँ दाहिने कोल्टो परेर सुत्नु उपयुक्त हुन्छ । दाहिने कोल्टो परेर सुत्नाले मुटुका रोगीका साथै फोक्सोको बिरामीलाई पनि फाइदाजनक हुन्छ र फोक्सोमा अनावश्यक दबाब पर्दैन । डाक्टरका अनुसार मुटुका बिरामीका लागि दाहिने कोल्टे फेरेर सुत्नु पर्छ जसको कारण मुटुमा दबाब कम पर्छ ।

केही मानिस उत्तानो परेर सुत्न मन पराउँछन् । यो पोजीसनमा सुत्नाले श्वासप्रश्वास प्रक्रियामा कठिनाइ हुनुका साथै सुगर, मोटोपन बढ्ने खतरा बढ्दै जान्छ । जो मानिस घोप्टो परेर सुत्नाले घाँटी र ढाडमा दबाब बढ्ने दुख्ने हुन्छ । साथै गर्धनको हड्डीमा असर पर्छ, अनुहारमा सुख्खापन देखा पर्छ । घोप्टो परेर सुत्ने मानिसले सुत्ने बेलामा गर्धनको तल सिरानी राख्नु हुँदैन । 

सुत्दाखेरि दैनिक रुटिङ बनाउने र सोही अनुसार नियमित सुत्ने उठ्ने बानी बसाल्नु पर्छ । सुत्नु अघि कुनै किसिमको तनाव लिनु हुँदैन । सुत्नु अघि मनतातो पानीले नुहाउने र किताब पढ्ने बानी बसाल्नु राम्रो हुन्छ । 

चिया कफी र मदिरा सेवन नगर्नू लाभदायक हुन्छ । विश्वका ४० प्रतिशत भन्दा बढी व्यक्ति खुट्टा खुम्च्याएर सुत्ने गर्छन् । सिधा नसुतेर खुट्टा खुम्चाउँदा घुँडा दुख्ने समस्या आउँछ । त्यस्तै, यसरी सुत्दा ढाड पनि कुप्रो पर्छ । यो तरिकाले नसुत्नु नै राम्रो हुन्छ । 

धेरैजसो व्यक्ति दायाँतर्फ या सिधा भएर सुत्ने गर्छन् । हाम्रो शरीरको दायाँ भागभन्दा बायाँ भाग बढी बलियो हुन्छ । यसले गर्दा दायाँतर्फ सुत्दा हाम्रो कमजोर भागले काम गर्न थाल्छ र हाम्रो निन्द्रा पुग्दैन । शरीर भित्रको काम सुस्त गतिमा हुनुले हामी गहिरो निन्द्रामा जान तथा आराम महसुस गर्न सक्दैनौँ ।

दायाँतर्फ फर्किएर सुत्दा त्यो खाना बसेको ठाउँ खलबलिन्छ । खाना छिटो पच्न थाल्छ र अम्लीय पदार्थ उत्पन्न हुन थाल्छ । बायाँ भागतर्फ फर्किएर सुत्दा हामीले खाएको खाना राम्रोसँग पच्छ, किनकि त्यो सही स्थानमा रहेको हुन्छ । त्यसैले गर्दा हाम्रो पाचन शक्ति बढ्छ र पेटसम्बन्धी समस्या पनि हट्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?