काठमाडौँ – चन्द्रमाको सुदूर भागबाट चट्टान र माटोको नमुना लिएर चिनियाँ यान चाङ्गइ–६ मङ्गलबार पृथ्वीमा फिर्ता भएको छ ।
५३ दिनको यात्रापछि फर्किएको यो यान चीनको उत्तरी क्षेत्रमा अवस्थित भित्री मङ्गोलियामा अवतरण गरेको छ । यससँगै चन्द्रमाको सुदूर भागबाट नमुना लिएर आउनेमा चीन पहिलो देश बनेको छ ।
विगतमा अमेरिकी र सोभियत संघ मिसनबाट समेत चन्द्रमाको नमुना सङ्कलन गरिएको थियो । तर ती सबै पृथ्वीबाट नजिक पर्ने चन्द्र सतह थिए ।
चीनको यस यान भने ुएटकेन बेसिन नामक चन्द्रमाको दक्षिणी भागमा अवतरण गरेको थियो । जुन भागमा यसअघि कुनै पनि मानव निर्मित वस्तु पुगेको थिएन । सोहीकारण उक्त स्थानलाई चन्द्रमाको अँध्यारो भाग पनि भन्ने गरिन्छ ।
चीनले चाङ्गइ परियोजना २००४ बाट सुरु गरेको थियो । हालसम्म यस परियोजना अन्तर्गत चीनले पाँच ओटा चन्द्रयान प्रक्षेपण गरिसकेको छ । यो यान भने गत ३ मेमा प्रक्षेपण गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया