मोबाइल चार्जलाई शून्यमा पुर्याएर चार्ज गर्ने धेरैको बानी हुनसक्छ ।
तर यसरी शुन्यमा झार्दा हुन सक्ने रसायनिक प्रतिक्रियाले ब्याट्रीको औसत जीवन छोट्याइरहेको हुन्छ । मोबाइलमा औसत ३०% भन्दा माथी ब्याट्री चार्ज हुनु राम्रो मानिन्छ ।
किनभने शून्य प्रतिशतमा झार्दा यसले केमिकल रिएक्सन गराउँछ र ब्याट्री लाइफ कम भएर जान्छ ।
ब्याट्री पूर्णरुपमा रित्तिनबाट जोगाउन ब्याट्रीको म्यानेजमेन्ट सिस्टममा एउटा सुरक्षा फिचर छ । यसले जब फोन रित्तिनुभन्दा केही माथि एनर्जी अर्थात किफायती स्तरमा हुन्छ त्यतिखेर शून्यमा पुग्नबाट बचाउन यसले फोनलाई पावर डाउन गरिदिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया