मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कसरी ‘स्लीम’ भईन विद्या बालन ?

काठमाडौँ – बलिउड अभिनेत्री विद्या बालनले आफ्नो तौल कम गरेकी छिन् ।

यही चमत्कारिक परिवर्तनका कारण उनी फिल्म चन्दु च्याम्पियनको स्पेसल स्क्रीनिंगमा चर्चाको केन्द्र नै बनिन् । आखिर कसरी उनले यति धेरै तौल घटाइन त ? 

यस बारे विद्याकेही दिन अगाडि एक अन्तरवार्तामा बताएकी थिइन । जहाँ उनले आफूले ग्लुटेन फ्री डाइट लिने खुलासा गरिन् । सोही क्रममा उनले आफूले ‘नो रअ’ डाइट अर्थात काँचो खाना नखाने नियम नै बनाएको उल्लेख गरिन् । 

यस्तो खानपिनले उनलाई विश्वास आउँथ्यो कि जो उनले खाइरहेकी छन् त्यो सुरक्षित मात्र नभएर पौष्टिक पनि छ । जसमा पोषण पनि छ र सजिलै पचाउन पनि सकिन्छ ।

‘नो रअ’ डाइटलाई अपनाउनका लागि खानालाई उसिन्ने, माइक्रोवेव गर्ने र ग्रील गर्ने जस्ता तरिकाहरू अपनाउन सकिन्छ । किनकि यी तरिका कम पानीको प्रयोगमा तयार हुन्छन् र पोषक तत्त्वहरूको नोक्सान पनि कम गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?