काठमाडौँ – क्यामेरा निर्माता निकोनले आफ्नो क्यामेराबाट खिचेका तस्वीर पत्ता लगाउने प्रविधि विकास गर्ने भएको छ ।
यो प्रविधि तयार भएपछि कुनै तस्वीर निकोन क्यामेराबाट खिचेको हो–होइन थाहा पाउन सकिने छ । यसका लागि कम्पनीले डिजिटल सिग्नेचर प्रयोग गर्नेछ ।
इन्डियन एक्सप्रेससँगको एक कुराकानीमा तस्वीरको प्रमाणीकरण र मौलिकता सुनिश्चित गर्न निकोनले अन्य कम्पनीहरूसँगको साझेदारीमा प्रविधि विकास गरिरहेको निकोन भारतका निर्देशक सज्जन कुमारले बताएका थिए ।
यद्यपि यो प्रविधि सोनी, लाइका जस्ता क्यामेरा कम्पनीले प्रयोगमा ल्याइसकेका छन् । लाइका एम११ पी र सोनीको अल्फा ९ मार्क थ्रीमा यो प्रविधि पाउन सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया