मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

काठमाडौँका यी क्षेत्रमा आज विद्युत् प्रभावित हुने 

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको मातातीर्थ सवस्टेसनबाट वितरण हुने क्षेत्रमा विद्युत् सेवा आज र भोलि अवरुद्ध हुने जानकारी दिएको छ । 

प्राधिकरणले मर्स्याङ्दी काठमाडौं २२० के.भी. प्रसारण लाइन आयोजनाबाट निर्माण भएको मातातिर्थ २२० के.भी.को नयाँ कन्ट्रोल रूममा जडित सबस्टेसन अटोमेसन सिस्टमको पुरानो मातातीर्थ १३२–३३–११ के.भी. सबस्टेसन भित्रका ११ केभी इन्कमर र लाइन फिडरहरू सट डाउनमा राख्नुपर्ने भएकाले विद्युत् अवरुद्ध हुने विज्ञप्ति मार्फत जानकारी गराएको छ।

जारी विज्ञप्ती अनुसार प्राधिकरणका अनुसार आज ११ के.भी. इन्कमर अन्तर्गत मातातीर्थ, सतुङ्गल, मच्छेगाउँ, फिर्पिङ फिडरका स्थानमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् अवरुद्ध हुने छ ।

यस्तै, आइतबार ११ के.भी. मातातीर्थ, सतुङ्गल, मच्छेगाउँ र फर्पिङ फिडर अन्तर्गतका क्षेत्रमा विभिन्न समयमा २ घण्टा बत्ती जाने प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?