काठमाडौँ – ल्यापटप हामीले धेरैले प्रयोग गर्ने ग्याजेट मध्येको एक हो । लगातार ल्यापटप प्रयोग गर्दा धुलो छिरेको हुन्छ ।
यदि धुलो सफा नगरेमा यसले ल्यापटपको आयु समेत घटाउँदै जान्छ भने तपाईँको ल्यापटपमा धेरै प्रकारका समस्याहरू देखा पर्न थाल्छन् ।
त्यस्तै धुलोले स्क्रिनको कलर र चमक दुवैमा असर पुर्याउने भएकाले समय–समयमा यसको सफाइ गर्नुपर्छ । आज हामी ल्यापटप कसरी सफा गर्ने भन्ने बारे जानकारी दिँदै छौ ।
ल्यापटप स्क्रिन सफा गर्ने तरिका
– स्क्रिन सफा गर्नुअघि ल्यापटप बन्द गर्नुस् र ब्याट्री निकाल्नुस् । त्यसपछि माइक्रो फाइबर कपडाले सफा गर्न थाल्नुस् । माइक्रोफाइबर कपडा निकै नरम हुन्छ । टिसर्ट वा अन्य कुनै कपडाले पुछ्दा स्क्रिन स्क्र्याच हुन सक्छ । कागज, टावेल वा टिस्यु पेपरले पनि स्क्रिन सफा गर्नुहुँदैन ।
– नयाँ स्पोन्जले पनि स्क्रिन सफा गर्न सकिन्छ । स्पोन्जलाई हल्का भिजाउनुस् र सफा गर्नुस् । स्पोन्ज र माइक्रो फाइबर कपडा नभएको अवस्थामा नरम डस्टर ब्रसले पनि सफा गर्न सकिन्छ ।
– तर, स्क्रिनमा कहिल्यै सीधै लिक्विड छर्कन हुँदैन । अमोनिया बेस्ट लिक्विड प्रयोग गर्दा प्लास्टिकको स्क्रिन चाँडै बिग्रन सक्छ । ल्यापटपलाई महिनामा कम्तीमा दुई पटक सफा गर्नु राम्रो हुन्छ ।
ल्यापटप भित्र सफा गर्ने तरिका
ल्यापटपको भित्री भाग सफा गर्न गाह्रो हुन सक्छ । यदि तपाईँ आफ्नो ल्यापटप भित्रको भाग सफा गर्न चाहनुहुन्छ भने यसलाई सेवा केन्द्रमा लैजानु राम्रो हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया