मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एक्स फोन ल्याउने तयारीमा एलन मस्क !

काठमाडौँ – आफ्ना डिभाइसका लागि थुप्रै एआई फिचर ल्याउने तयारीमा एप्पल लागेपछि अर्वपती एलन मस्क त्यसको विरोधमा देखिएका छन् । 

मस्कले आफ्ना कम्पनीहरूमा एप्पल डिभाइस प्रतिबन्ध गर्नेदेखि कम्पनीमा आउने भिजिटरको एप्पल डिभाइस समेत बाहिर राखिदिने चेतावनी दिएका हुन । 

त्यति मात्र नभइ ओपनएआईले एप्पल डिभाइसका प्रयोगकर्ताको डेटा कसरी प्रयोग गर्न सक्छ भन्ने विषयको सङ्केतका रूपमा मस्कले मिम पोस्ट गरिरहेका छन् ।

यतिमात्र नभएर एप्पलले ओपनएआईसँग सहकार्य गर्ने घोषणा गरेसँगै मस्कका समर्थकले उनलाई सामसङसँग सहकार्य गरेर एक्स फोन निर्माण गर्न अनुरोध गर्न थालेका छन् । 

त्यसको सरकात्मक जवाफ फर्काएका मस्कले भविष्यमा एक्स फोन आउन सक्ने संकेत गरेका छन् । यसअघिबाटै ओपन एआईसंग रुष्ट मस्क सन् २०१८ मा उनी ओपनएआईको बोर्डबाट बाहिरिए ।

त्यसपछि आर्थिक रूपमा सहयोग गर्दै आएका उनी २०२२ मा च्याटजीपीटी आएपछि विरोधमा उत्रिएका छन् । त्यसमा पनि ओपनएआईलाई माइक्रोसफ्टले आर्थिक सहयोग गरिरहेको र कम्पनीलाई नाफामुखी बनाईरहेको प्रति उनको असन्तुष्टि चुलिदो छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?