मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

शिशिर योगीले ल्याए ‘तिमी बन्नु मेरो सहारा’

काठमाडौँ – वरिष्ठ गायक शिशिर योगीको स्वरमा रहेको तिमी बन्नु मेरो सहारा बोलको गीत सार्वजनिक भएको छ।

‘यो देशमा म एउटा मानिस खोजी रैछु’ जस्ता चर्चित गीतका स्रष्टा शिशिर योगीको स्वरमा रहेको ‘तिमी बन्नु मेरो सहारा’ का शब्द सङ्कलक हरिहर तिमिल्सिना रहेका छन्। गीतमा सङ्गीत पनि योगीकै रहेको छ।

वरिष्ठ सेक्सोफोन वादक अमुल कार्कीढलीको सङ्गीत संयोजन रहेको गीतमा गितार वादक संजीव बराइली छन्। लोकेश भाटले भिडियो मेकिङ गरेको गीतलाई वर्ल्ड कभर मिडिया प्रालिले प्रोडक्सन गरेको हो।

शिशिर योगी युट्युव च्यानलबाट गीत बजारमा ल्याइएको हो। नविन खालको प्रेमाभाव मिश्रित गीत भएकाले राम्रो चर्चा बटुल्ने विश्वास लिइएको योगीले लिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?