गर्भावस्थामा शरीरको छाला एकदमै संवेदनशील हुन्छ । यसकारण हामीले शरीरमा कन्यायौ,कोतर्यो भने अघिपछि जस्तै हराउने हुँदैन, यस्तो समयमा दाग बस्ने गर्छ ।
यस्तैमा छाला तन्किएर शरीरको विभिन्न भागमा आउने दाग वा सेतो धर्सा आउनुलाई स्ट्रेच मार्क भनिन्छ । विशेषगरी गर्भवती महिलामा पाखुरा, स्तन, तिघ्रा, हिपमा यस्तो सेतो धर्सा आउने गर्छ ।
यस्तै गर्भवती महिला बाहेक आम किशोरीहरूमा पनि शरीरको तीव्र वृद्धि विकास हुने भएकाले स्ट्रेच मार्क आउन सक्छ । यस्तै उमेरभन्दा बढी मोटाउँदा, मोटाइसकेपछि एक्कासि दुब्लाउँदा पनि यस्तो समस्या आउँछ । त्यस्तै पुरुषमा हेभी जिम गर्नाले पनि आउन सक्छ ।
शरीरको कुन–कुन ठाउँमा आउँछ त स्ट्रेच मार्क ?
विशेषगरी पेट, छाती, पाखुराको पछाडिपट्टि, खुट्टाको पछिल्लो भागमा राता र सेता धर्साहरू अर्थात् स्ट्रेच मार्क देखिन्छ । र शरीरको जुनसुकै भागमा आवश्यकता भन्दा बढी मासु लागेको ठाउँमा मसल तन्किएर स्ट्रेच मार्क हुने गर्छ ।
स्टेच मार्क आइसकेपछि निको हुँदैन । साथै छाला एकचोटि तन्किसकेपछि फेरि पुरानै शैलीमा फर्काउन सकिँदैन ।
यसका असरहरू
खासगरी स्ट्रेच मार्कले कुनै किसिमको हानि गर्दैन । तर कहिलेकाहीँ स्ट्रेच मार्क आएको ठाउँमा चिलाउने, पोल्ने हुनसक्छ ।
यसबेला छाला नरम बनाउने मलन र एन्टिइन्फामेन्टरी मलन लगाउने तथा खाने औषधिको प्रयोग गर्न सकिन्छ । अन्यथा घाउ चिलाउँछ र कन्याउँदा घाउ हुने, पाक्ने तथा अन्य छालासम्बन्धी समस्या हुनसक्छ ।
स्ट्रेच मार्कलाई लेजर ट्रिन्टमेन्टबाट पनि कम गर्न सकिन्छ । यो उपचार एक महिनाको अन्तरालमा ६ देखि आठ पटकसम्म गर्नुपर्ने हुन्छ । तर पूर्णरुपमा हटाउने उपचार छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया