काठमाडौँ – ‘किलसेक’ नामक ह्याकर समूहले लक्ष्मी सनराइज क्यापिटलको डाटा लिक गरिदिएको छ ।
बिहीबार बिहान ह्याकरले डार्क वेबमा लक्ष्मी क्यापिटलको डेटा सार्वजनिक गरिदिएको छ । जसमा क्यापिटलको सोर्स कोड, डेटावेस, एसएसएल सर्टिफिकेट, ब्याकइन्डको अन्य डेटा र लक्ष्मी क्यापिटलका ग्राहकको नागरिकता तथा अन्य संवेदनशील विवरण राखिएको ह्याकरको दाबी छ ।
डार्कवेबमा उक्त डेटाको साइज ४९४ एमबी छ भने सो डेटा जिप फाइलमा राखिएको छ ।
यसअघि ह्याकर समूहले १० हजार युरो फिरौती मागेकोमा रकम नपाएपछि उक्त समूहले डेटा सार्वजनिक गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया