मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हृदयाघात हुनु अघि शरीरमा देखिन्छन् यस्ता संकेत

हृदयाघात एक जटिल किसिमको आकस्मिक अवस्था हो जसमा मुटुका रक्तनली अर्थात् धमनीहरू र मुटु मै सामान्यतः रगत जम्ने कारण रक्त सञ्चार बन्द भई सृजना हुने गर्दछ । त्यसैले यसका लक्षणहरु पनि अचानक शुरु हुन्छ।

यस्तो हुँदा हाम्रो मुटु बिस्तारै निकै कमजोर हुन थाल्छ वा रगतलाई राम्रोसँग पम्प गर्न सक्दैन । जसले हृदयाघातका समस्या हुन्छ । यसैकारण हृदयाघातका जोखिम पनि बढ्छ र व्यक्तिको मृत्युसमेत हुनसक्छ । त्यसैले तपाईँले आफ्नो मुटुको विशेष ध्यान राख्न आवश्यक हुन्छ ।

जान्नुहोस् हृदयाघातका केही लक्षण :

छाती दुख्ने (छातीमा केहीले थिचेको जस्तो, गह्रौँ, छाती कस्सिएको जस्तो हुने

शरीरका अरू भाग दुख्ने( छातीबाट अरूतिर दुखाइ सर्दै जानु खासगरी पाखुराहरूमा दुखाइ खासगरी बायाँ हात प्रभावित हुन्छ, तर दुवै पाखुरा पनि प्रभावित हुन सक्छ चिउँडो घाँटी पिठ्युँ र पेटमा दुखाइ

रिँगटा लागेको जस्तो हुने

पसिना आउने

सास फेर्न गाह्रो हुने

खोकी लाग्ने वा सास घ्यार्र घ्यार्र हुने

छातीको दुखाइ धेरैजसो चर्को हुन्छ तर केही मानिसहरूमा त्यो दुखाइको मात्रा अपच भएका बेला जस्तो अलि कम महसुस हुन सक्छ, महिला र पुरुष दुवैमा हृदयाघातको सबभन्दा प्रमुख लक्षण छाती दुख्नु हो। महिलाहरूमा सास फेर्न गाह्रो हुने वा बान्ता आएजस्तो वा पिठ्युँ र चिउँडोमा दुखाइ महसुस हुन सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?