काठमाडौँ– पछिल्लो समय सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमाझ फेसबुक निकै लोकप्रिय छ । फेसबुक नचलाउने मानिस सायदै भेटिन्छन् ।
यस्तै हामीमध्ये धेरै मानिसहरूले फेसबुक चलाउँदा ध्यान पुर्याउनुपर्ने कुराको बारेमा खासै ख्याल राखेका हुँदैनौ । कतिपय अवस्थामा तपाईँलाई फेसबुक कुन ठाउँमा लगइन भइरहेको छ भन्ने कुरा पनि थाहा नहुन नि सक्छ ।
त्यसकारण आज हामी तपाइलाई तपाईँको फेसबुक लग इन भएको ठाउँ, समय र मिति पत्ता लगाउन सकिने उपायका बारेमा जानकारी दिँदै छौँ ।
।
यसरी पत्ता लगाउन सकिन्छ, तपाईँको फेसबुक लग इन भएको ठाउँ, समय र मिति
– सबैभन्दा पहिले ब्राउजर वा मोबाइल फोनमा आफ्नो फेसबुक लगइन गर्ने ।
– त्यसपछि अकाउन्ट सेटिङमा गई ‘सेक्युरेटी एण्ड लगइन’ भन्ने अप्सनमा क्लिक गर्ने ।
– अब त्यहाँ देखिने ‘ह्वेर यू आर लग्डईन’ को अप्सन देखिन्छ । त्यहाँ तपाईँको फेसबुक लगइन भएको डिभाइसको पूरा जानकारी पाउन सकिन्छ ।
त्यहाँबाट तपाईँको फेसबुक कुन कुन डिभाइसमा खोलिएको छ भन्ने जानकारी पाइन्छ । यदि त्यसमध्ये आफूले लगइन गरेभन्दा फरक डिभाइसमा फेसबुक खोलिएको पाइएमा ‘लग आउट अफ अल सेसन्स’ मा क्लिक गरी हटाउन सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया