मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सेन्सर बिग्रिँदा देखिएको थियो दिल्लीको तापक्रममा नयाँ रेकर्ड

काठमाडौँ – नयाँ रेकर्ड नै कायम हुने गरी भारतको नयाँ दिल्लीको तापक्रम मापन हुनुमा सेन्सरको खराबी भएको पत्ता लागेको छ ।

गत बुधबार भारतको राजधानी नयाँ दिल्लीमा ५२.९ डिग्री सेल्सियस तापमान मापन भएको थियो । 

 सो दिनको तापक्रम भारतमा हालसम्म मापन गरिएकोमध्ये सबैभन्दा धेरै भनिएको थियो भने यसलाई लिएर विभिन्न कोणबाट विश्लेषण समेत गरियो ।

कतिपयले प्रविधिकै खराबीको शंका गर्दा भारतको पृथ्वी विज्ञान मन्त्री किरेन रिजिजुले दिल्लीको मुंगेशपुर मौसम केन्द्रको सेन्सर बिग्रिंदा सो तापमान मापन भएको दाबी गरेका हुन् ।

यद्यपि उक्त तापक्रम बिग्रेको सेन्सरले मापन गरेको भएता पनि दिल्लीको तापक्रमको रेकर्ड भने ब्रेक भएको छ ।  दिल्लीका अन्य दुई मौसम केन्द्रहरूले सो दिन क्रमशः ४९ डिग्री सेल्सियस र ४९.१ डिग्री सेल्सियस तापक्रम रिपोर्ट गरेका थिए । 

आईएमडीले ती दुवै केन्द्रको तापक्रम पनि जाँच गरेको तर तिनमा कुनै सेन्सर त्रुटिहरू नभएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?