मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

शुक्लाफाँटाका महिलालाई आत्मनिर्भर बनाउन १५ दिने होजियारी तालिम

कञ्चनपुर – महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा आजदेखि १५ दिने हाते होजियारी तालिम सञ्चालन गरिएको छ ।

नगरपालिकाको आर्थिक सहयोगमा महिला तथा बालबालिका संरक्षण सञ्जालले सञ्चालन गरेको तालिममा उनको धागोबाट स्वेटर, गलबन्दी, टोपी, मोजा, पञ्जालगायत सामग्री बुन्न सिकाइने सञ्जालका अध्यक्ष मधु बोहराले जानकारी दिइन्।

तालिमको शुभारम्भ गर्दै नगरप्रमुख रणबहादुर महराले महिलालाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयोजना गरिएकाले त्यसबाट बढिभन्दा बढी लाभ लिन सहभागीलाई आग्रह गरे । उनले नगर क्षेत्रका महिलालाई सक्षम र स्वरोजगार बनाउने नीतिअनुसार पालिकाले तालिमको आयोजना र आवश्यक सहयोग गर्दै आएको बताए ।

कार्यक्रममा नगर उपप्रमुख कल्पना पन्तले गृहिणीहरूले अब चुलोचौको र मेलापातमा अल्झिन नहुने बताए । उनले फुर्सदको समयलाई सदुपयोग गर्दै आयआर्जनमा लाग्न आग्रह गरिन् ।

“अहिले पनि सामान्य आवश्यकता पूर्तिका लागि पुरुष वा श्रीमानकै भर पर्नु राम्रो होइन । घरमै बसेर पनि केही गर्न सकिन्छ । त्यसैले तपाईंहरूलाई केही सहयोग पुगोस् भनेर तालिम आयोजना गरिएका हो, यसबाट दत्तचित्त भएर सीप सिक्नुहोला । व्यवसाय सुरू गर्न पनि हामीले सहयोग गर्नेछौँ”, उपप्रमुख पन्तले भनिन्।

तालिममा नगरपालिकाका १२ वडाको प्रतिनिधित्व हुनेगरी १२ जना महिलाको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?