मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

घरको कुन दिशामा राख्ने डस्टबिन ?

डस्टबिन जथाभाबी फोहोर नहोस् भनेर यसको सङ्कलनका लागि राखिएको हुन्छ । वास्तु शास्त्रले फोहोर राख्ने डस्टबिनलाई पनि कुन दिशामा राख्नु सही या गलत भनेर निर्धारण गरेको छ ।

वास्तुशास्त्र अनुसार घर अथवा कार्यालयमा दक्षिण–पश्चिम दिशामा डस्टबिन राख्न शुभ मानिएको छ । यो दिशा बरबादी र विसर्जनसँग सम्बन्धित छ ।

वास्तुका अनुसार यस दिशामा डस्टबिन राख्नाले अनावश्यक चिन्ता हट्छ र प्रगतिको बाटो खुल्छ ।

त्यसै गरी घरको उत्तर–पश्चिम दिशामा डस्टबिन राख्दा जीवनमा सकारात्मक ऊर्जा प्रवाह हुन्छ ।

अन्य दिशामा राख्दा के हुन्छ ?

मूल ढोकाको ठिक अगाडि डस्टबिन राख्नु वास्तुमा अशुभ मानिन्छ । यसले गम्भीर बिरामी र परिवारका सदस्यहरूलाई विपत्ति निम्त्याउँछ ।

वास्तुशास्त्रका अनुसार घरको उत्तर दिशामा डस्टबिन राख्नाले जागिर वा व्यवसायमा सफलता मिल्ने सम्भावना कम हुन्छ ।

घरको उत्तर–पूर्व दिशामा डस्टबिन राख्नाले परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यमा नराम्रो असर पर्न सक्छ ।

दक्षिण–पूर्व दिशा राख्दा अनावश्यक धन खर्च हुने सम्भावना बढ्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?