मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पर्समा पैसा बस्दैन ? यी चीज राख्नुस् हट्नेछ समस्या

काठमाडौँ– राम्रो जीवनयापनको लागि धनको महत्त्व धेरै हुन्छ । त्यसैले हरेक व्यक्ति पैसा कमाउनको लागि धेरै मेहनत गर्छन् । कैयन् पटक जति पैसा कमाए पनि कम हुन्छ ।

खासमा कैयन पटक हाम्रो हालत एक दम नाजुक हुन्छ । त्यस बेला हामो पर्स वा खल्तीमा पैसा नै हुँदैन । वास्तु ज्योतिष अनुसार पर्समा यस्तो चीज राख्नुपर्छ । जसले लक्ष्मी मातालाई प्रसन्न गर्नको साथै आर्सीवाद पनि मिल्छ ।

साथै धनको कमीको सामना गर्नु पर्दैन । हामी तपाईँलाई यस्ता केही वास्तुको बारेमा जानकारी दिन्छौँ जसले पर्समा पैसा बचाउनको लागि धेरै सहयोग गर्छ । 

चामल

महालक्ष्मीलाई चढाएको चामललाई पोकोमा बाँधेर पर्समा राख्नले धनसम्बन्धी समस्या टाढा हुन्छ । यस्तो गर्नाले शुक्र ग्रह र माता लक्ष्मीसँग सम्बन्धित फल प्राप्त हुन्छ । सार्थ सुख र धन सम्पत्ति बढ्छ । 

माता लक्ष्मीको तस्वीर

तपाईँले पर्समा माता लक्ष्मीको तस्वीर अनिवार्य रूपमा राख्नुहोला । तपाईँले माता लक्ष्मीको यस्तो तस्वीर राख्नुहोस् जुन बस्ने बित्तिकै मुद्रामा हुन्छ । यसले पनि तपाईँलाई कहिल्यै पनि पैसाको कमी हुन्छ । माता लक्ष्मीको कृपा पाउनका लागि पर्समा श्रीयन्त्र पनि राख्न सकिन्छ । श्रीयन्त्रले पर्समा राख्दा शुभ फल प्राप्त हुन्छ । श्रीयन्त्रलाई माता लक्ष्मीको स्वरूपको रूपमा लिने गरिन्छ । 

सुन र चाँदीको सिक्का

वास्तु शास्त्रका अनुसार तपाईँको पर्समा सुन वा चाँदीको सिक्का अवश्य पनि राख्नुहोला । तर सिक्कालाई पर्समा राख्नुभन्दा पहिला माता लक्ष्मीलाई अर्पण गर्नुहोला । यसले माता लक्ष्मीको कृपा सधैँ तपाईँमा पर्ने छ । 

गौमाताको चक्र

तपाई आफ्नो पर्समा गौमातासँग सम्बन्धित गौमाताको चक्र, समुन्द्री कौडी, कमल गट्टा आदी राख्न सक्नु हुन्छ । यीमध्ये केही वस्तु राख्नुभन्दा पहिला केही बेर माता लक्ष्मीको चरणमा राख्नु होला । 

पीपलको पात

पर्समा पीपलको पात राख्दा पनि धनको प्राप्ति हुन सक्छ । तर पीपलको पातलाई टुक्रा हुनबाट जोगाउनु पर्छ । पीपलको पात पर्समा राख्नुभन्दा पहिले विधिगत रूपमा पूजा गर्नपर्छ । अर्थात् पीपलको पातमा सिन्दूर वा श्रीयन्त्र लेख्नुहोला । पीपलको पातलाई शनिबारको दिन राख्नु एकदम राम्रो मानिन्छ । 

सिसा

शास्त्रका अनुसार पर्समा सिसाको एउटा सानो टुक्रा पनि अवश्य राख्नुहोला । यसले तपाईँको पर्समा सधैँ पैसा हुन्छ । साथै पर्स कहिले पनि खाली हुँदैन । 

रातो रङ्गको कागज

रातो रङ्गको कागज पनि एकदम राम्रो मानिन्छ । यो कागजमामा तपाई केही राम्रो कुरा लेखेर रेसमको धागोले बाँधेर पर्समा राख्नुहोला । यसले तपाईँको इच्छा पुरा हुन्छ । साथै माता लक्ष्मीको कृपा सधैँ बस्ने गर्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?