मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बढ्दै डिपफेक पोर्नोग्राफीको खतरा, इन्स्टाग्रामका महिला इन्फ्लुयन्सर निशानामा

काठमाडौँ – बढ्दो डीपफेक पोर्नोग्राफीको खतराकाबीच त्यसको निशानामा  इन्स्टाग्रामका  महिला इन्फ्लुयन्सर पर्ने गरेको डरलाग्दो तथ्याङ्क सार्वजनिक भएको छ ।

ट्वीक्सी नामक अनलाइन प्लेटफर्म सार्वजनिक गरेको रिपोर्ट अनुसार इन्स्टाग्रामका ९४ प्रतिशत महिला इन्फ्लुयन्सर डिपफेकको  सिकार भएका छन्। 

रिपोर्ट अनुसार फलोअर १० करोडभन्दा बढी  भएकाहरु यसको सिकार हुने सम्भावना ७९ प्रतिशत छ भने महिला इन्फ्लुयन्सरको अकाउन्टमा १० हजार फलोअर बढ्दा उनीहरू डिपफेक फोर्नोग्राफीको सिकार बन्ने जोखिम १५.७ प्रतिशतले बढेको छ ।

त्यसैले जति बढी फलोअर भए महिला इन्फ्लुयन्सर डिपफेक पोर्नोग्राफीको सिकार बन्ने सम्भावना बढ्दै जान्छ । 

समग्रमा ८४ प्रतिशत सामाजिक सञ्जाल इन्फ्लुयन्सर डिफफेकको सिकार हुन्छन् । त्यसमा पनि ९० प्रतिशत महिला इन्फ्लुयन्सर हुन्छन् भने बाँकी १० प्रतिशत पुरुष इन्फ्लुयन्सर हुने गरेको तथ्याङ्कले देखाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?