मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अफ्रिकाको जिबूतिमा किन छोडियो ल्याबमा बनाइएका लाखौँ लामखुट्टे ?

काठमाडौँ – अफ्रिकी देश जिबूतीमा लाखौं आनुवंशिक रूपमा परिमार्जित (जीएमओ) लामखुट्टे वातावरणमा छोडिएको छ । यसको उद्देश्य मलेरिया रोग फैलाउने लामखुट्टेको प्रजातिको फैलावट रोक्नु हो ।

वातावरणमा निस्कने एनोफिलिस स्टेफेन्सी लामखुट्टेले टोक्दैनन् । यसलाई बेलायती बायोटेक्नोलोजी कम्पनी अक्सिटेकले विकास गरेको हो । यी लामखुट्टेमा एउटा जीन हुन्छ जसले पोथी लामखुट्टेलाई वयस्क हुनुअघि नै मार्छ । पोथी लामखुट्टेले मात्र टोक्छ र भाइरसबाट हुने मलेरियालगायत अन्य रोगहरू फैलाउँछ ।

पूर्वी अफ्रिकामा प्रयोगशालामा उब्जाएको लामखुट्टे खुला वातावरणमा छाडिएको यो पहिलो पटक हो । सम्पूर्ण अफ्रिकी महाद्वीपको बारेमा कुरा गर्दा, यो दोस्रो पटक गरिएको हो ।

युएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) ले ब्राजिल, केम्यान टापु, पनामा र भारतमा यस्तै प्रविधिहरू प्रयोग गरिएको र धेरै सफल भएको बताएको छ ।

सिडिसीले २०१९ यता, एक अर्ब भन्दा बढी आनुवंशिक रूपले परिमार्जित लामखुट्टे विश्वभर खुला वातावरणमा छोडिएको जनाएको छ । यी लामखुट्टेको पहिलो समूह बिहीबार जिबूती सहरको अम्बौली उपनगरीय क्षेत्रमा खुला हावामा छोडिएको थियो ।

यो परियोजना अक्सिटेक लिमिटेड, जिबूती सरकार र गैरसरकारी संस्था एसोसिएसन म्युचुअलिस बीचको आपसी साझेदारीमा शुरु भएको हो ।

जीएमओ लामखुट्टेले कसरी काम गर्छ ?

‘हामीले नटोक्ने, रोग नफर्काउने अनुकूल लामखुट्टेहरू बनाएका छौं र जब हामीले यी अनुकूल लामखुट्टेहरूलाई हावामा छोड्छौं, तिनीहरूले जंगली प्रकारको पोथी लामखुट्टेसँग प्रजनन गर्न सक्षम हुन्छन्,’ ओक्सिटेक प्रमुख ग्रे फ्र्यान्डसेनले बीबीसीलाई बताए ।

प्रयोगशालामा हुर्कने यी लामखुट्टेमा ‘नम्बर लिमिटिङ’ जीन हुन्छ, जसले पोथी लामखुट्टेका सन्तानलाई हुर्कन र प्रजनन उमेरमा पुग्नबाट रोक्छ ।

वन्यजन्तु र प्रयोगशालामा बनाइएका लामखुट्टेको प्रजननबाट उत्पादन हुने लामखुट्टेमध्ये पुरुष मात्र बाँच्ने तर अन्त्यमा ती पनि मर्छन् भन्ने यस परियोजनामा संलग्न वैज्ञानिकहरू बताउँछन् ।

२०१८ मा, बुर्किना फासोको वातावरणमा न्युटेड एनोफिलिस कौलिगी लामखुट्टे छोडिएको थियो । यसको विपरित, यो नयाँ प्रजाति (एनोफिलिस स्टेफेन्सी) को लामखुट्टेले नयाँ पुस्तालाई जन्म दिन सक्छ ।

प्रयोगशालामा उब्जाएको लामखुट्टेलाई खुल्ला ठाउँमा छोड्ने यो परियोजना जिबूति फ्रेन्डली लामखुट्टे कार्यक्रमको एक हिस्सा हो, जुन दुई वर्षअघि शुरु भएको थियो ।

यो कार्यक्रमको उद्देश्य एनोफिलिस स्टेफेन्सी लामखुट्टेको जातको फैलावट रोक्नु हो । मानिसलाई टोक्ने लामखुट्टेको यो प्रजाति सन् २०१२ मा जिबूतिमा पत्ता लागेको थियो ।

त्यतिबेला जिबूती मलेरिया उन्मूलनको कगारमा थियो । त्यतिबेला देशमा ३० जना मलेरियाका बिरामी भेटिएका थिए । त्यसयता जिबूतीमा मलेरियाको रोग अत्याधिक रूपमा बढ्दै गएको छ र सन् २०२० सम्ममा यसका बिरामीको संख्या ७३ हजार पुगेको थियो ।

यो जातको लामखुट्टे अहिले अफ्रिकाका अन्य ६ देश इथियोपिया, सोमालिया, केन्या, सुडान, नाइजेरिया र घानामा पनि पाइन्छ ।

यो प्रयोगको लागि जिबूती नै किन रोजियो ?

एनोफिलिस स्टेफेन्सी प्रजातिका लामखुट्टेहरू एसियाको मूल निवासी हुन् र नियन्त्रण गर्न धेरै गाह्रो छ । यिनीहरूलाई शहरी लामखुट्टे पनि भनिन्छ, जसले परम्परागत लामखुट्टे नियन्त्रण विधिहरूलाई पराजित गर्ने कलामा महारत हासिल गरेको छ । यी लामखुट्टेले दिउँसो र राती टोक्ने र रासायनिक विषादीले यस प्रजातिमा कुनै असर गर्दैन ।

जिबूतीका स्वास्थ्यसम्बन्धी राष्ट्रपतिका सल्लाहकार डा. अब्दल्लाह अहमद अब्दीले फाइनान्सियल टाइम्सलाई बताए, उनको सरकारको उद्देश्य ‘जिबुतीमा मलेरियाको फैलावटलाई तुरुन्तै नियन्त्रण गर्नु हो, जसले गत दशकमा यो रोगमा उल्लेखनीय वृद्धि भएको छ ।’

यस परियोजनामा समुदायलाई पनि साझेदार बनाइएको छ । मलेरियाका बिरामी सादा इस्माइल पनि यस कार्यक्रमसँग आवद्ध छन् ।् इस्माइलले भने, ‘मलेरिया हाम्रो स्वास्थ्यमा असर गर्ने गम्भीर चुनौती हो । अब मानिसहरू यी अनुकूल लामखुट्टेहरूले हामीलाई मलेरिया विरुद्धको लडाई जित्न मद्दत गर्छन् भनेर हेर्न पर्खिरहेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?