मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बिरालोले बच्चा किन सारिरहन्छ ?

बिरालो घरमा बस्ने जनावर हो । यो एक मांसाहारी तथा स्तनधारी समूहमा पर्ने जनावर हो ।

बिरालोलाई आत्मनिर्भर र आत्मविश्वासको प्रतीक पनि मानिन्छ । जसका कारण धेरै नेपालीहरूको घरमा बिरालो पाल्ने गरिन्छ ।

बिरालोलाई कालको रूप पनि मान्ने गरिन्छ । त्यसैले बिरालो घरमा पालेर खुसी बनाउँदा घरमा सुख शान्ति र समृद्धि छाउँछ भन्ने धार्मिक मान्यता रहेको छ ।

बिरालोले बच्चाहरूको पालन पनि अनौठो तरिकाले गर्दछ । बिरालेका बच्चाले जन्मेको ७ देखि ९ दिनको बिचमा आँखा खोल्न थाल्छन् ।

जबसम्म बच्चाका खुल्दैनन् तबसम्म बिरालोले जन्माएकै ठाउँमा राखेर आफ्नो दूध चुसाउँछ । तर आँखा खुलेपछि यसले मुखले च्यापेर एक ठाउँबाट अर्को ठाउँमा लैजान्छ ।

बिरालोले त्यति बेलासम्म बच्चा सारिरहन्छ जति बेलासम्म आफ्ना बच्चाहरू आफैँ सिकार गर्न वा आफ्नो सुरक्षा गर्न सक्दैनन् ।

बिरालोको यही गतिविधिलाई गाउँघरको भाषामा बिरालोले बच्चाको न्वारान ७ घर डुलाएर गर्छ भन्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?