मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विषदीरहित भान्सा र जीवन सुरक्षासम्बन्धी दुई दिने प्रशिक्षण सम्पन्‍न

काठमाडौँ – सूर्यविनायक नगरपालिका७ र संवाहिका समाज नेपालको सहकार्यमा विषदीरहित भान्सा र जीवन सुरक्षासम्बन्धी दुई दिने प्रशिक्षण सम्पन्‍न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्व मन्त्री महेश बस्नेतले स्थानीय महिला समूहलाई लक्षित गरी आयोजित तालिमले परिवारको स्वास्थ्य सुरक्षा गर्न महिला सक्षम बनाउने विश्वास व्यक्त गरे ।

उनले भने, ‘विगतमा तरकारी, खाना र अन्न प्राकृतिक रुपमै स्वच्छ हुन्थ्यो, खाना कसरी मिठो खाने भन्ने ध्येय हुन्थ्यो भने हाल मानिसमा चेतनाको वृद्धि भएकाले सन्तुलित र स्वच्छ खानाबारे जागरण बढेको छ तर विषदीको प्रयोग बढेको, पानीसमेत दूषित भएको अवस्थामा विषदीरहित भान्साबारे प्रशिक्षणले स्थानीयमा सचेतनाको आउनेछ ।’

पूर्व मन्त्री बस्नेतले सूर्यविनायकका बासिन्दाले सडक, बाटोघाटोलगायतको विकासको अनुभूती गरिरहँदा जीवन सुरक्षासहित रोगबाट बच्न स्वच्छ भान्सा र पोषणयुक्त विषदीरहित खाना जीवनशैलीका लागि पनि वडा, नगरले यस्ता सचेतनामुलक कार्यक्रमको आयोजना गरेको बताए ।

सूर्यविनायक नगर–७ का अध्यक्ष रविन्द्र सापकोटाले सूर्यविनायक क्षेत्रको भौतिक विकाससँगै स्वस्थ नागरिक जीवनशैलीका लागि वडाले पहल गरिरहेको बताए ।

प्रशिक्षण कार्यक्रमको दोस्रो दिन शनिबार काठमाडौँ महानगरपालिकाका खाद्य अनुसन्धान अधिकृत अनिल बस्नेतले खाद्य सुरक्षा र विषदीबारे प्रशिक्षण दिएका थिए । प्रशिक्षण समापन समारोहका सभापति सन्तोषी परियारले महिलाले भात, भान्सा गर्दै रोजगारी र अन्य नेतृत्वदायी भूमिका पनि निर्वाह गर्नुपर्ने अहिलेको अवस्थामा आफ्नो र परिवारकोसमेत स्वास्थ्यको हेरचाह गर्न यस्ता तालिम र प्रशिक्षणले सहयोग पुग्ने बताए ।

उहाँले खेतीपातीमा पनि महिला नै अग्रसर हुने र खाना पकाउँदा पनि महिला बढी खट्नुपर्ने हुँदा विषदीमुक्त भान्साका लागि महिलाले प्रशिक्षण लिने अवसरले सिङ्गै परिवार लाभान्वित हुने बताए। कार्यक्रममा पोषणविद् सुजा मोक्तानले पोषणयुक्त सन्तुलित आहारबारे प्रशिक्षण दिँदै सन्तुलित खानाले रोग प्रतिरोधात्मक शक्ति बढाउने बताए।

संवाहिका समाज नेपालका सदस्य मेनुका कार्कीको संयोजकत्वमा आयोजित कार्यक्रमका लागि सदस्यद्वय सावित्री बस्नेत र सुमित्रा लुइटेलले व्यवस्थापनका लागि सहयोग गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?