मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘नेपहपको श्रीपेच २’को डिजिटल अडिसन खुल्ला, कसरी सहभागी हुने ?

काठमाडौं– र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच’ को दोस्रो संस्करण ‘नेपहपको श्रीपेच २’को डिजिटल अडिसन पनि खोलिएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रम गरी शो ल्याउने औपचारिक घोषणा गरेसँगै अडिसन खुल्ला गरिएको हो ।

नेपहपको श्रीपेच’ शो सकिएको दुई वर्षपछि प्रसारणमा आउन लागेको हो ।

डिजिटल तथा फिजिकल दुवै माध्यमबाट अडिसन लिइने ‘नेपहपको श्रीपेच -२’ मा सहभागी हुनका लागि दामी म्युजिक एप र www.nepalirap.com मार्फत प्रतियोगीले आफ्नो प्रस्तुतिको भिडियो अपलोड गर्न सक्नेछन् । साथै नेपहपको श्रीपेचको अफिसियल फेसबुक पेज, अफिसियल ह्वाइटस्याप नम्बर 9707259961 र [email protected] मा आफ्नो प्रस्तुतिको भिडियो पठाउन सक्नेछन् । त्यसपछि प्राप्त अडिसन मध्ये जज राउन्डबाट उत्कृष्ट प्रतियोगी चयन गरिनेछ। डिजिटल अडिसनको लागि बिट श्रीपेच स्टुडियो युट्युब च्यानलबाट डाउनलोड गर्न सकिनेछ भने कपिराइट फ्री बिटमा पनि भिडियो बनाएर पठाउन सकिनेछ ।

‘नेपहपको श्रीपेच २’को विजेताले रु १० लाख नगद, वर्ल्ड टुरको अवसर एवम् विभिन्न ब्रान्ड इन्ड्रोसमेन्टहरू प्राप्त गर्नेछन् भने उपबिजेताले नगद रु ५ लाख साथै विदेशमा प्रस्तुतिको अवसर प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?