मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म ‘फर्की फर्की’ को शनिबार पनि हाउसफूल

काठमाडौँ– फिल्म ‘फर्की फर्की’ ले शनिबार पनि राम्रो व्यापार गरेको छ । बुद्ध जयन्तीको अवसर पारेर गत जेठ १० गतेबाट रिलिज भएको फिल्म ‘फर्की फर्की’ ले बिहीवार र शुक्रवार झैँ आज पनि राम्रो व्यापार गरेको हो ।

उपत्यकासहित देशभरका हलमा फिल्मको व्यापार राम्रो रहेको जनाइएको छ ।

निर्माता रोहित अधिकारीका अनुसार काठमाडौं उपत्यकाका एफक्युब सिनेमाज, अष्टनारायण हल, बिग मुभिज, वान सिनेमाजसहित क्युएफएक्स चेन अन्तर्गतका देशभरका हल हाउसफूल छन् ।

दर्शकमाझ फिल्म आएपछि फिल्मका प्रमुख कलाकार अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, निर्देशक सुयोग गुरुङ, वितरक गोविन्द शाही बिहानदेखि नै दर्शक प्रतिक्रिया बुझ्न हल–हल पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?