काठमाडौँ – भोइस अफ नेपालकी पूर्व निर्णायक तथा गायिका अभया सुब्बा क्रिकेटर सन्दीप लामिछानेका फ्यानसँग आगो बनेकी छिन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट राख्दै उनले आफूलाई फेसबुकमा अनफ्रेन्ड गर्न क्रिकेटर सन्दीप लामिछानेका समर्थकलाई अनुरोध गरेकी छिन् ।
उनले लेखेकी छिन् “सन्दीप लामिछानेका सबै फ्यान र समर्थकहरूले मलाई अनफ्रेन्ड गरिदिनु होला,” उनले लेखेकी छिन्, “म मेरो वरिपरि यी नीच अनुयायीहरू हुनुभन्दा केही असल साथीहरू होउन् भएको चाहन्छु ।”
सुब्बाको फेसबुक पोस्टले सामाजिक सञ्जालमा बहस नै सिर्जना गर्दा उनको यो आक्रोश अदालतको फैसलाप्रतिको असन्तुष्ट भएको बुझ्न सकिन्छ । हाल उनले उक्त पोस्ट हटाए पनि सन्दीपले न्याय पाएको भन्दै सामाजिक सञ्जालमा भइरहेको महिमा गानतर्फ उनको प्रहार भएको बुझ्न गाह्रो छैन ।
उनी यसअघि पनि महिलाका विषयमा खरो र आक्रामक अभिव्यक्ति दिँदै आएकी व्यक्ति समेत हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया