मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

राष्ट्रपतिको अभियानका लागि अदालतको आदेश पर्खिँदै ट्रम्प

काठमाडौँ – अमेरिकामा यसै वर्ष राष्ट्रपतिको निर्वाचन हुँदै छ । मुख्य प्रतिस्पर्धा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र राष्ट्रपति जो वाईडेनबीच छ । यसैबीच, अदालतले ट्रम्पविरुद्ध चलिरहेको गोप्य पैसा भुक्तानी मुद्दामा अर्को हप्ता आफ्नो फैसला दिन सक्ने चर्चा चलेको छ ।

यसले राष्ट्रपति चुनावमा ठूलो प्रभाव पार्न सक्ने बताइएको छ ।  ट्रम्पले २०१६ को चुनाव अघि पोर्न स्टार स्टर्मी डेनियललाई चुप राख्न ठूलो रकम तिरेका थिए । यो लुकाउन उनले व्यापारिक अभिलेख नक्कली राखेका थिए । पछिल्ला दिनहरूमा ट्रम्प चुनावी प्रचार भन्दा पनि अदालतमा बढी रहेका छन् । यस्तो अवस्थामा अदालतको निर्णयले ट्रम्पलाई कस्तो असर पार्न सक्छ भन्ने जान्न जरुरी छ ।

अदालतले ट्रम्पलाई दोषी ठहर गर्‍यो भने उनको राष्ट्रपतीय क्याम्पेनलाई असर पर्ने देखिएको छ । गत अप्रिलमा गरिएको सर्वेक्षण अनुसार चारमध्ये एक जना रिपब्लिकनले ट्रम्प दोषी पाइएमा उनलाई भोट नगर्ने बताएका छन् ।

 उही समयमा, ६० प्रतिशत स्वतन्त्र मतदाताले ट्रम्प दोषी ठहरिए भने, उनीहरूले उनलाई कुनै पनि हालतमा मतदान गर्ने छैनन्। रिपब्लिकन कन्सल्टेन्ट ट्रिसिया म्याकलाफ्लिनले दोषी फैसलाले ट्रम्पलाई मनोवैज्ञानिक असर पार्ने बताएकी छन् ।

यदि अदालतले ट्रम्पलाई रिहा गरेमा ट्रम्पको लागि ठूलो जीत हुनेछ । किनभने ट्रम्पले सधैँ यो मुद्दा राजनीतिक रूपमा प्रेरित भएको दाबी गर्छन् । यसको एउटै उद्देश्य आफूलाई राष्ट्रपति पदमा दाबी गर्नबाट रोक्नु भएको उनले बताउँदै आएका छन् । 

कानुनी विज्ञहरू भन्छन्, ट्रम्पको मुद्दा हेरिरहेका १२ न्यायाधीशहरूले सर्वसम्मत फैसलामा नपुगेको खण्डमा नतिजा के आउँछ भन्ने स्पष्ट छैन ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?