मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अनन्त अम्बानीको दोस्रो प्रि–वेडिङ, ८ सय जना पाहुनाका लागि छ सय कर्मचारी   

काठमाडौँ– भारतीय व्यापारी मुकेश अम्बानीका छोरा अनन्त अम्बानी र राधिका मर्चन्टको दोस्रो प्रि–वेडिङ लागि अम्बानी परिवार तयारीका लागि व्यस्त छन् ।

तयारी हेर्दा लाग्छ, मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानीको विवाह समारोह प्रक्रिया निकै लामो र कालान्तरसम्म सम्झना योग्य हुनेछ ।

गुजरातको जामनगरमा अनन्त अम्बानी र राधिका मर्चेन्टको पहिलो प्रि–वेडिङ समारोह मानिसहरुले अझै बिर्सन सकेका छैनन् । उक्त विवाह समारोहमा भारतको मात्र नभई विश्वका ठूला–ठूला व्यक्तित्वहरु पनि सहभागी भएका थिए । अहिले अम्बानी परिवार दोस्रो प्रि–वेडिङ गर्ने तयारीमा जुटेका छन् । 

अम्बानी परिवारले अनन्त र राधिकाको पहिलो प्रि–वेडिङलाई विशेष बनाउन कुनै कसर बाँकी राखेका थिएनन् । जसमा विदेशी पाहुनाको खानादेखि बसाइसम्म हरेक सानो कुराको प्रबन्ध गरिएको थियो । अम्बानी परिवारमा राधिका दुलहीका रूपमा जुलाईमा घर भित्रिने बताइएको छ । 

भारती सञ्चार माध्यमका अनुसार अनन्त र राधिकाको दोस्रो प्रि–वेडिङ समारोह मे २८ देखि ३० सम्म हुनेछ । समारोह अत्यन्त आरामदायी क्रुजमा हुने भएको छ । यो क्रुजको यात्रा इटालीबाट शुरु भएर दक्षिण फ्रान्ससम्म पुग्ने बताइएको छ । 

यस समारोहमा पाहुनाको सूचि निकै लामो रहेको छ । जसमा बलिउड फिल्म क्षेत्रका सेलीब्रेटीहरु शारुख खान, सलमान खान, आमिर खान र बच्चनका परिवार लगायत संसारभरका ठूला व्यवसायी पनि सहभागी हुनेछन् । 

यस विलासी पार्टीमा करिब ८ सय जना पाहुनाहरू सहभागी हुनेछन् । उनीहरूलाई पार्टीमा सहभागी गराउन छ सय जना कर्मचारी खटिने भएका छन् ।

पाहुनाको बुकिङ फाइनल भइसकेको छ भने विदेशी पाउनाको बुकिङ भइसकेको यस पार्टीमा विदेशी पाहुना को–को आउने भन्ने विवरण भने आउन बाँकी छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?