मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

निक्की हेलीले भनिन्,’राष्ट्रपति चुनावमा ट्रम्पलाई भोट दिन्छु’

काठमाडौँ – रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार निक्की हेलीले सन् २०२४ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पलाई भोट दिने बताएकी छन् ।

हेली ट्रम्प प्रशासनमा संयुक्त राष्ट्रसंघका लागि अमेरिकी स्थायी प्रतिनिधि थिइन् । उनी मार्चको सुरुमा रिपब्लिकन पार्टीको राष्ट्रपति पदको उम्मेदवारीको दौडबाट बाहिरिएकी थिइन् ।

जब उनी यो दौडबाट बाहिर थिइन्, उनले ट्रम्पलाई समर्थन गरेकी थिइनन् । यद्यपि उनले ट्रम्पले आफ्ना लाखौँ समर्थकको विश्वास जित्ने प्रयास गर्नुपर्ने बताएका थिए ।

बुधवार निक्की हेलीले ट्रम्प राष्ट्रपतिको रूपमा पूर्ण नभएको तर राष्ट्रपति जो वाईडेन विनाशकारी राष्ट्रपति भएको बताइन् ।

शुरुमा निक्की हेलीले ट्रम्पका लागि समस्या खडा गर्न सक्छिन् भन्ने लाग्थ्यो तर त्यसो भएन । वाईडेनले हेलीका समर्थकहरूलाई जित्ने प्रयास गरेका थिए ।

हेलीका समर्थकहरूमा उदारवादी र स्वतन्त्र मतदाता छन् । यो त्यो वर्ग हो जसले लोकतान्त्रिक पार्टीको चुनावको दिशा बदल्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?