मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पर्समा यस्ता चिज राख्ने बानीले बनाउन सक्छ कङ्गाल !

अधिकांश मानिसले पैसा राख्नको लागि पर्स बोक्छन् । पर्समा मानिसहरू पैसा मात्र राख्दैनन् । आवश्यक पर्ने र पर्समा अट्ने कागजातहरू, भिजिटिङ कार्ड, एटीएम कार्ड, फोटाहरू राख्ने गर्छन् ।

तर यस्ता केही चिजहरू जसले असर पुर्‍याइरहेको विषयमा उनीहरू अनविज्ञ हुन्छन् । वास्तु शास्त्रले केही त्यस्ता चिज पर्समा राख्दा नकारात्मक असर हुने बताउँछ । तपाईँको पर्समा पैसा बाहेक अरू धेरै कुराहरू राखिएको हुनसक्छ जसमा कतिपय कुराहरू लामो समयसम्म प्रयोगमा नआएको हुन सक्छ ।

वास्तुशास्त्रका अनुसार तिनीहरू मध्ये केही चिजहरू पर्सबाट बाहिर फ्याँकिदिनु नै ठिक हुन्छ किनकि तिनीहरूको कारणले नकारात्मक ऊर्जा बढ्ने गर्दछ ।

तर कतिपय चिजहरू पर्समा राख्दा शुभ हुने र फाइदा हुने गर्दछ । बिर्सेर पनि निम्न कुराहरू पर्समा नराख्नु होला । जसले तपाईँलाई कङ्गाल बनाउन सक्छ । पर्स भित्र फाटेको नोट, फोटो र कागजको टुक्रा राख्नु हुँदैन । पर्स जति सफा राख्यो त्यति नै त्यसभित्र रहेको सामान सुरक्षित हुने गर्दछ ।

पर्समा लक्ष्मी भगवानको तस्वीर अवश्य राख्नुहोस् र बेला बेलामा त्यसलाई परिवर्तन गरिराख्नुहोस् । त्यसका कारणले तपाईँको पर्स कहिल्यै खाली हुँदैन । साथै पर्समा श्रीयन्त्र पनि राख्नुहोस् किनकि श्रीयन्त्र लक्ष्मी कै रूप हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?