मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

इरानी राष्ट्रपति रायसीको अन्त्येष्टिमा हजारौं मानिस सडकमा

काठमाडौँ – इरानी राष्ट्रपति इब्राहिम रायसीको अन्त्येष्टिमा हजारौं मानिस सडकमा भेला भएका छन् । राईसीको आइतबार हेलिकप्टर दुर्घटनामा निधन भएको हो । इरानले देशमा पाँच दिने शोकको घोषणा गरेको छ ।

राईसीको पार्थिव शरीरलाई बिहीबार साँझ उनको जन्मस्थल मशहदमा दाहसंस्कार गरिने छ । इरानमा रायसीलाई बिदाइ गर्न धेरै कार्यक्रम आयोजना गरिने छ ।

यी मध्ये पहिलो कार्यक्रम देशको उत्तर(पश्चिमी सहर ताब्रिजमा आयोजना हुँदैछ। राईसीको हेलिकप्टर यहीँ दुर्घटनाग्रस्त भयो । यसपछि रायसीको पार्थिव शरीरलाई धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिने कोम प्रान्तमा लगिनेछ । यहाँ शवयात्रा पनि निकालिनेछ ।

त्यसपछि दुर्घटनामा मृत्यु भएका रायसी र इरानी विदेशमन्त्रीको शव राजधानी तेहरान ल्याइनेछ । अर्को कार्यक्रम बुधबार यहाँ हुनेछ । इरानले बुधबार सरकारी बिदा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?