काठमाडौँ– गायक मनोज तिवारीको आवाजमा सजिएको पूर्वेली भाकाको नयाँ गीत सार्वजनिक गरिएको छ ।
आफ्नै शब्द र स्वरमा सजिएको ‘धनकुटाको सल्लेरी वनैमा’ गीत सोमबार ललितपुरमा आयोजित एक विशेष कार्यक्रमार्फत सो गीतको भिडियो सार्वजनिक गरिएको हो ।
सोमवारको कार्यक्रममा पप गायक ओमविक्रम विष्ट, गायिका एन्जेला श्रेष्ठ र गायक तिवारीको युट्युब च्यानलमार्फत ‘धनकुटाको सल्लेरी वनैमा’ गीत सार्वजनिक गरेका हुन् ।
गीतको रचना गायक तिवारी आफैले गरेका हुन् । पूर्वेली भाकाको यो गीतमा धनकुटाको सुन्दरताको वर्णन गरिएको छ ।
तिवारीले यसअघि ‘कान्छी कालीकाली’ (सामूहिक), नरोऊ नरोऊ गीत ल्याएका थिए । प्रवासमा रहेर नेपाली गीत संगीत क्षेत्रमा विशेष रुचि राख्ने तिवारीले लामो अन्तरालपछि नयाँ गीत बजारमा ल्याएका हुन् ।
गीतको म्युजिक भिडियोमा धनकुटाका चर्चित विभिन्न ठाउँका दृश्यलाई समेटिएको छ । छायांकन स्टुडियोले खिँचेको भिडियोमा फिचर गायक तिवारी स्वयम् छन् भने केही धनकुटाका स्थानीय कलाकारले साथ दिएका छन् ।
गीतको शब्द अनुसार गीतको भिडियो धनकुटाका विभिन्न ठाउँमा छायांकन भएको हो । भिडियोमा धनकुटाको सल्लेरी वन, धनकुटा बजार, भेडेटारको ओरालो घुम्ती, तमोर नदी, बिश्रान्ती मन्दिर, हिलेमा रहेको तोङबा र त्यस आसपासका दृश्य देखाइएको छ ।
हिलेमा बनेको तोङबाको मूर्ति र त्यहाँ रहेका शेर्पा जातिको संस्कृतिलाईसमेत भिडियोमा देखाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया