मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मधेश प्रदेश पर्यटकीय गन्तव्यमा जुट्यो पर्यटन व्यवसायी

महोत्तरी– होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेश पर्यटकीय गन्तव्यहरुको पर्वद्वनमा जुटेको छ । महासंघले मधेशका ८ वटै जिल्लामा रहेका पर्यटकीय क्षेत्रको प्रचारप्रसार र पर्वद्वन गर्ने उदेश्यले बाराको पर्सा राष्ट्रिय निकुञ्जवाट यस्को औपचारिक प्रारम्भ गरेको हो ।

शनिबार एक कार्यक्रमको बिच पर्सा राष्ट्रिय निकुञ्जमा किन पर्यटकहरुको आवागमन भइरहेको छैन भन्न्ने बिषयमा सरोकारवालाहरुसगँ समीक्षा गरिएको थियो ।

सगैँ सिमाना जोडिएको चितवन राष्ट्रिय निकुञ्जमा बार्षिक ३ लाख पर्यटक भित्रिने तथ्यांकले देखाएको छ तर अवलोकनका हिसावले त्यहाँभन्दा बढी वन्यजन्तु र पशुपंक्षी रहेको निकुञ्जका वार्डेन रामचन्द्र खतिवडा वताउछन ।

यति हुँदा पनि पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटकहरुको आकर्षण न्यून देखिएपछी पर्यटन व्यवसायी महासंघले जनप्रतिनिधि तथा सरोकारवालाहरुलाई सहभागी गराएर आर्थिक समुन्न्तीको मुख्य मेरुदण्ड पर्यटन विकासमा चासो बढाउन ध्यानाकर्षण गराएका थिए ।

सन २०२२ को तथ्यांकअनुसार अहिले पर्सा राष्ट्रिय निकुञ्जमा ४१ वटा बाघ, १६४ वटा गौरीगाई, ६५ वटा हात्ती, ४९० भन्दा बढी प्रकारका चरा लगायत विभिन्न जनावर र पशुपंक्षि पाईन्छ । हात्तिमा जंगल विचरण गर्नसमेत पाइने पर्सा राष्ट्रिय निकुञ्ज देश कै कान्छो निकुञ्ज पनि मानिन्छ जुन २०७३ सालमा निकुञ्ज घोषणा भएको थियो ।

होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष हिरा गौतमले पर्यटन विकासमा प्रदेश र स्थानिय सरकार गम्भीर वन्नुपर्ने धारणा राखे । प्रत्येक पालिकाहरुमा नगर पर्यटन बोर्ड गठन गरेर पर्वद्वन र विकासमा परिचालन हुनुपर्ने बताउँदै मधेशमा पाइने विशिष्ट विविधताले पर्यटन हव वनाउन सकिने प्रसस्त आधारहरु भएको उन्को भनाई छ ।

महासंघले मधेशका ८ वटै जिल्लाका सम्भावित पर्यटकीय क्षेत्रलाई पहिचान गरी हरेक महिनाको ५ गते प्रदेशभरीका पत्रकारहरुलाई बोलाएर प्रचारप्रसार सम्मेलन गर्ने योजना बनाएको छ ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका अन्तर्गत निकुञ्जमा भएको कार्यक्रमबाट उत्साहित भएका व्यवसायीहरु निजी लगानी भित्र्याउने बिषयमा सकारात्मक देखिएका छन । पर्यटन विकासमा निजी क्षेत्रको ठूलो भूमिका रहने बताउँदै कार्यक्रममा सहभागी जनप्रतिनिधिहरुले व्यवसायीहरुलाई लगानीमैत्री वातावरण तयार गर्नेमा विश्वास दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?