मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कस्तो रहला आजको मौसम ?

काठमाडौँ – अहिले कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार देशमा  स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने आज दिउसो पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।

कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा साथै बाँकी पहाडी भू–भागमा एक–दुई स्थानमा मेघ गर्जन, चट्याङ्ग र हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ। 

त्यस्तै राती देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश,  बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?