मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

काठमाडौँ महानगरले माग्यो नीति तथा कार्यक्रमका लागि सुझाव

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेटलाई नागरिक केन्द्रित तथा सहभागितामा आधारित बनाउन सुझाव मागेको छ ।

स्थानीय सरकारले बनाउने नीति तथा कार्यक्रमले सबैलाई समेट्न सकियोस् र पारदर्शी होस् भन्ने हेतुले यो विधि अपनाइएको महानगरले जनाएको छ  । 

महानगरले आगामी दिनमा के कस्ता किसिमका नीति तय गर्नुपर्ला ? यहाँ दिइएका शीर्षकमा रहेर यहाँहरूले परिकल्पना गर्नुभएका योजना तथा सुझावहरूको विवरण २०८१ जेठ ९ गतेभित्र यस प्रणाली वा इमेल [email protected] वा

महानगरको हटलाईन ११८० मार्फत वा काठमाडौँ महानगरपालिकामा स्वयम् उपस्थित भएर उपलब्ध गराइदिनुहुन इच्छुक सबैमा अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?