आइस वाटर फेस डीप थेरापी बलिउडका सुन्दर अभिनेत्रीहरूको छाला हेरचाह गर्ने दिनचर्यामा समावेश छ, तपाईँले पनि यो छाला हेरचाह गर्ने विधि अपनाएर चम्किलो छाला प्राप्त गर्न सक्नुहुन्छ ।
बलिउड अभिनेत्रीहरूको सौन्दर्य देखेर हामी सबै छक्क पर्छौ । कयौँ पटक हाम्रा मन पर्ने कलाकार लाई हेरेर एउटै प्रश्न सोध्छौ, उनीहरूको सुन्दरताको रहस्य के हो त ? तर, अहिले यो रहस्यबाट पर्दा उठेको छ ।
बलिउड अभिनेत्रीहरूले पनि सामान्य मानिसहरू जस्तै घरेलु उपचार र टिप्सहरू प्रयोग गर्छन् । यी उपायहरू मध्ये एक आइस वाटर फेसडीपथेरापी पनि हो ।
के हो आइस वाटर फेस डीप थेरापी ?
आइस वाटर फेस डीप लाई थर्मोजेनेसिस को नाम ले जानिन्छ । यो थेरापी अन्तर्गत अनुहारलाई बर्फ र चिसो पानीले भरिएको कचौरामा केही समय डुबाएर बाहिर निकाल्छन्। यसले छालालाई धेरै फाइदा पुर्याउने विश्वास गरिन्छ ।
यो गर्न, बर्फ, पानी र सानो बाटा भए पुग्छ । एउटा सानो बाटामा पानी हालेर १५ देखी २० वटा आइस्क्युब हालिन्छ । अब यस भाँडोमा अनुहार डुबाउने गर्छन् ।
यो विधि को उपयोग कर्ताहरूले यसलाई ५ देखि ६ पटक दोहोर्याउने गरेका छन् । उनीहरू बिहानको दिनचर्यामा समेत यसलाई समावेश गर्ने गरेका छन् । यसले छालालाई धेरै राम्रो बनाउन सक्ने मान्यता छ । यो थेरापी कट्रिना कैफ,आलिया भट्ट, तमन्ना भाटिया लगायतका अभिनेत्रीहरूकोको बिहानको दिनचर्याको एउटा हिस्सा रहेका दाबी समेत गरिन्छ ।
आइस वाटर डीप थेरापीका फाइदाहरू
यो थेरापीले अनुहारको सुन्नाइ कम गर्छ । धेरै मानिसहरू छन् जो बिहान उठ् पछि अनुहार र आँखा मुनि सुन्निएको हुने गर्छ । यस्तो अवस्थामा यो बरफको चिसो पानीले सुन्नाइ लाई कम गर्छ र छालालाई आराम मिल्छ ।
यसले छालालाई टाइट बनाउन मद्दत गर्छ । अनुहारलाई चिसो पानीमा डुबाउँदा यसले छालाको रोम छिद्र हर टाइट हुन लाग्छ । यो थेरापीले चाउरी र मिहिन रेखा(फाइनलाइन)को समस्या पनि कम गर्छ ।
खुला छिद्रहरू छालाको सबैभन्दा ठूलो समस्याहरू मध्ये एक हो । अनुहारको रोम छिद्रहरू ठूला र खुला भएमा त्यसमा तेल, फोहोर र धूलो जम्मा भई रहन्छ । यसले छालाको प्राकृतिक चमक हटाउँछ ।
यसमा सेबम जम्मा हुन्छ र डन्डीफोर निम्त्याउँछ । यस्तो अवस्थामा यो थेरापीले छिद्रको आकार घटाउन मद्दत गर्छ, जसले अनुहारलाई चम्किलो र सुन्दर बनाउँछ। अर्को तर्फ, यदि तपाईँको छाला धेरै संवेदनशील छ भने यो थेरापी गर्नु अघि एक पटक डाक्टरको सल्लाह लिनुहोस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया