मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कस्तो रहला आजको मौसम ?

काठमाडौँ – अहिले कोशी र मधेश प्रदेश सहित देशका  पहाडी भू–भागमा आंशिक बदली रही बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने दिउसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहने छ ।

बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाको दैनिक मौसम बुलेटिनमा उल्लेख छ । 

त्यस्तै कोशी  प्रदेशको पहाडी भू–भागका थोरै  स्थानहरूमा साथै बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन,चट्याङ्ग र हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी  र  गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती कोशी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।

कोशी,  गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन,चट्याङ्ग र हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?