काठमाडौँ– सरकारले हलिउड, बलिउड तथा विदेशी फिल्मलाई नेपालमा छायाङ्कन गर्ने वातावरण बनाएर नेपालमा पर्यटन प्रवर्धन गर्ने जनाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको तर्फबाट आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो प्रतिबद्धता जनाएका हुन् ।
‘हलिउड तथा बलिउड लगायतका अन्तर्राष्ट्रिय चलचित्र निर्मातालाई नेपालमा चलचित्र छायाङ्कनका लागि आकर्षित गरी चलचित्र पर्यटन प्रवर्धन गरिनेछ,’ राष्ट्रपति पौडेलले भने ।
उनले विदेशी फिल्मको छायाङ्कन नेपालमा गरेर नेपालको पर्यटन प्रवर्धन गर्ने बताएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया