मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अनलाइन ठगीमा बढ्दै चिनियाँ संलग्नता

काठमाडौँ – अनलाइन ठगीमा चिनियाँहरुको संलग्नता बढ्न थालेको छ ।

विभिन्न क्षेत्रका पत्रकार र आईटी विज्ञहरूले प्राप्त डेटालाई विश्लेषणबाट अनलाइन ठगी गर्ने काम सङ्गठित रूपमा सञ्चालन भइरहेको देखिँदा त्यसमा चिनियाँहरुको संलग्नता देखिएको हो ।  

द गार्डियनका अनुसार चीनबाटै नक्कली अनलाइन सपिङ प्लेटफर्म सञ्चालन गर्ने, त्यसमा सर्वसाधारणलाई कार्ड राख्न लगाउने र ठगी गर्ने कार्यमा चिनियाँ नागरिक सक्रिय छन् । यही गिरोहले युरोप र अमेरिकाका झन्डै आठ लाख बढी सर्वसाधारणलाई अनलाइन ठगी गरेको रिपोर्टमा जनाइएको छ । 

अनलाइन ठगीकै लागि उनीहरूले ७६ हजारभन्दा बढी वेबसाइट तयार पारेको खुलासा हुँदा बेलायतको चार्टर्ड ट्रेडिङ स्टान्डर्ड्स इन्स्टिच्युटले यसलाई विश्वकै सबैभन्दा ठूलो अनलाइन ठगीको जालोको संज्ञा दिएको हो । 

उक्त नेटवर्कले सबैभन्दा पहिले सन् २०१५ मा वेबसाइट तयार पारेको देखिइएको छ भने यस्ता सपिङ वेबसाइटहरू अङ्ग्रेजी, जर्मन, फ्रेन्च, स्पेनिस, स्विडिश र इटालियन भाषाका छन् । 

राम्रा ब्राण्डहरुको विज्ञापन गरिने यस्ता वेबसाइट नै अनलाइन ठगीको आधार बन्दै आएका हुन् । जसमा पछिल्लो तीन वर्षयता १० लाख बढी अर्डर आएको द गार्डियनको विश्लेषणबाट खुलेको छ । 

त्यसका लागि  पाँच करोड युरो  भुक्तानी भएको देखिन्छ भने हालसम्म यस्ता नक्कली वेबसाइटबाट आठ लाख बढी ग्राहक ठगिएको बताइएको छ । 

भुक्तानी गरेकाहरूले सामान नपाउने र ठगीमा पर्ने गर्दा चार लाख ७६ हजार बढीले आफ्नो क्रेडिट कार्डको संवेदनशील विवरण समेत बुझाएका छन् । जसले उनीहरूको सम्पर्क नम्बर, इमेल एड्रेस र पोस्टल एड्रेसमा पनि चिनिया पहुँच पुगेको हो । 

यी सबै नक्कली वेबसाइटको डेटा जर्मनीको साइबर सुरक्षा कन्सल्टेन्सी साइबर रिसर्च ल्याब्सले बाहिर ल्याएको हो । 

कन्सल्टेन्सीले उपलब्ध गराएको डेटा अनुसार २१० ओटा लगबाट सन् १०१५ मै यस्ता नक्कली वेबसाइटमा एक्सेस लिइएको थियो ।

यसरी एउटा जालोबाट सञ्चालन भइरहेका वेबसाइटको लोकेसन हेर्दा चीनको फुजियान राज्यबाट सञ्चालन भइरहेको आईपी एड्रेसबाट देखिएको छ ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?