काठमाडौँ– अधिकांश मानिसहरूले आजभोलि स्मार्टफोन नै प्रयोग गर्ने गर्छन् । तर स्मार्टफोन जति धेरै सुविधाजनक भए पनि यसका कारण उत्पन्न हुने खतरा पनि धेरै छन् ।
हालै सार्वजनिक भएको एक अध्ययन रिपोर्टले स्मार्टफोनको किबोर्ड मार्फत पनि ह्याकरले पासवर्ड लगायतका धेरै कुरा थाहा पाउन सक्ने खतरा रहेको देखाएको छ ।
सिटिजन ल्याब नामक संस्थाले गरेको हालैको अनुसन्धानले लोकप्रिय चिनियाँ किबोर्ड एपहरूमा महत्त्वपूर्ण सुरक्षा कमजोरीहरू देखिने उल्लेख गरिएको छ ।
क्लाउडमा आधारित पिनयिन किबोर्ड एपहरूमा पहिचान गरिएका बगहरूले डिभाइसहरू र क्लाउडहरूबीच प्रसारण हुने प्रयोगकर्ता डाटालाई रोकेर डिभाइसहरू र प्रयोगकर्ता खाताहरूमा ह्याक गर्न ह्याकरहरूलाई सहयोग पुग्ने उक्त अनुसन्धानले देखाएको अन्तर्राष्ट्रिय मिडियाहरूले उल्लेख गरेका छन् ।
अध्ययनले बैडु, अनर, आईफ्लाइटेक, ओप्पो, सामसङ, टेनसेन्ट, भिभो र शाओमी लगायतका कम्पनीले स्थापना गरेका एपहरू सुरक्षा जोखिम रहेको देखाएको बताइएको छ ।
यस्ता सुरक्षा जोखिमहरूबाट बच्नको लागि तलका उपायहरू अपनाउनुहोस्
– फोनलाई सकेसम्म सधैँ अद्यावधिक (अपडेट) मा राखिराख्ने ।
– डिभाइसमा स्ट्रोक डाटा राख्ने किबोर्ड एपहरूको प्रयोग गर्ने ।
– आफ्नो व्यक्तिगत विवरण कसैसँग शेयर नगर्ने ।
– स्मार्टफोनको पासवर्ड अरूले पहिचान गर्न नसक्ने कठिन किसिमको राख्ने ।
– अनावश्यक लिङ्कमा जथाभावी क्लिक नगर्ने ।
– फोन कम्पनीद्वारा सिफारिस गरिएका एप्स मात्र डाउनलोड गर्ने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया