मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

डेलका ५ करोड प्रयोगकर्ताको डेटा लिक

काठमाडौँ – झण्डै ५ करोड डेल प्रयोगकर्ताको महत्त्वपूर्ण जानकारी लिक भएको छ । आफ्ना ग्राहकलाई इमेल पठाउँदै कम्पनीले यसबारे जानकारी गराएको हो । 

बाहिरिएको डेटामा कम्पनीले प्रयोगकर्ताको नाम, ठेगाना र उक्त डिभाइसको डेल हार्डवेयर, सर्भिस ट्याग, डिस्क्रिप्सन, अर्डर गरेको मिति, वारेन्टी लगायतका जानकारी छन् ।

विशेष गरी २०१७ देखि २०२४ बीचमा डेलको ल्यापटप खरिद गर्ने प्रयोगकर्ताको जानकारी लिक भएको बताइँदा यसमा प्रयोगकर्ताको कुनै पनि वित्तीय वा भुक्तानीसँग सम्बन्धित विवरण, इमेल एड्रेस, टेलिफोन नम्बर र अन्य संवेदनशील जानकारी नरहेको कम्पनीले स्पष्ट पारेको छ । 

डेलका प्रवक्ताले विज्ञप्ति जारी गर्दै हालै भएको डेटा ब्रिचमा त्यस्तो संवेदनशील जानकारी नभए पनि ह्याकरले आफूलाई प्राप्त जानकारीलाई विभिन्न तवरले दुरुपयोग गर्न सक्ने बताएका छन् । 

गत अप्रिल महिनामा डेलबाट चोरिएको उक्त डेटा बिक्रीका लागि राखिएको फोर्ब्सले जनाएको छ । जसमा चार करोड ९० लाख प्रयोगकर्ताको विवरण रहेको दाबी गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?