मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दश जना शेर्पाको टोली एकैसाथ सगरमाथा चुचुरोमा

सोलुखुम्बु– यो वसन्तमा सगरमाथा आरोहणका निम्ति मार्ग बनाउँदै हिँडेका  १० जना शेर्पाको टोली शिखरको चुचुरोमा पुगेका छन् ।  

आरोहण मार्ग तयार भएसँगै सगरमाथा आरोहणको अनुमति लिएका स्वदेशी तथा विदेशीलाई हिमाल चढ्ने बाटो खुलेको पर्यटन विभागको अस्थायी ‘फिल्ड’ कार्यालय प्रमुख खिमलाल गौतमले जानकारी दिए। 

कार्यालय प्रमुख गौतमका अनुसार शुक्रबार बिहान ५ बजे ‘रोप फिक्सिङ’ टोलीले आरोहणका लागि बाटो निर्माणको काम शुरु गरेको थियो । 

“उहाँहरू शुक्रबार राति ८ः१५ बजे शिखरमा पुग्न सफल हुनुभयो, अब यस सिजनका लागि आरोहणको बाटो खुल्यो, पहिलो पटक शेर्पा टोली पुगेपछि अब अन्य आरोहीहरू जान्छन् ।” गौतमले भने ।

शेर्पा समूहमा टोली प्रमुख डेन्डी शेर्पा (दोलखा), तेन्जिङ ग्याल्जेन शेर्पा, (सोलुखुम्बु), पेम्बा टासी शेर्पा (सङ्खुवासभा), लाक्पा शेर्पा (सङ्खुवासभा), दावा रिन्जे शेर्पा (सङ्खुवासभा), दावा शेर्पा (सङ्खुवासभा), पाम दोर्जी शेर्पा(सोलुखुम्बु), सुकबहादुर तामाङ (सङ्खुवासभा), नामग्याल दोर्जे तामाङ (सोलुखुम्बु) र लाक्पा रिन्जी शेर्पा (सङ्खुवासभा) छन् । 

यो वसन्त ऋतुमा ४१ वटा समूहका  चार सय १४ आरोहीले सगरमाथा चढ्ने अनुमति लिएका पर्यटन विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?