मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

साइबर सुरक्षा सम्बन्धी, साइबर ब्यूरोको पाँच टिप्स

काठमाडौँ – बढ्दो साइबर सुरक्षा जोखिमकाबीच  नेपाल प्रहरीको साइबर ब्यूरोले प्रयोगकर्ताका लागि साइबर सुरक्षा सम्बन्धी टिप्स दिएको छ।

यस्तो साइबर ब्यूरोको टिप्स

सुरक्षित पासवर्ड प्रयोग गर्ने

अकाउन्ट पिच्छे फरक पासवर्ड प्रयोग गर्ने।

समय समयमा पासवर्ड परिवर्तन गर्ने।

शक्तिशाली र अद्वितीय पासवर्ड राख्ने।

पासवर्डसँगै थप सुरक्षाको लागि २ एफए वा एमएफए (पासवर्डसँगै ओटिपि कोड) प्रयोग गर्ने।

दुई वा मल्टी फ्याक्टर अथेन्टिकेसन (प्रमाणीकरण) जस्तै ओटिपि कोड वा फ्रिन्गरप्रिन्ट पासवर्डमा राख्ने।

अप्रत्याशित लिङ्क वा नभरेको चिट्ठा पर्‍यो ?

एसएमएस/मेसेन्जर/ह्वाट्सएपमा जुनसुकै लिङ्क आएमा विश्वासिलो यकिन नभई जथाभाबी क्लिक नगर्ने

विदेशबाट पार्सल/गिफ्ट आएको छ, भन्सार कटाउनुपर्‍यो भनी रकम माग गरेमा हतारिएर रकम नबुझाउने।

भर्दै नभरेको चिट्ठा पर्‍यो भनी मेसेज आएमा प्रलोभनमा नपर्ने।

आफ्नो पासवर्ड तथा ओटिपि कसैसँग पनि सेयर नगर्ने।

गोप्य विवरण गोप्य नै राख्ने बानी बसालौँ

सामाजिक सञ्जालमा अनावश्यक व्यक्तिगत विवरण तथा आपत्तिजनक तस्वीर, भिडियोहरू नहेर्ने।

विभिन्न माध्यमबाट आउने लिङ्क, एप्स, वेबसाइट, अनलाइन फारामहरू आदिबारे सचेत रहने।

 आर्थिक कारोबारबारे सचेत रहौँ

इमेल तथा मोबाइलमा आउने सक्ने आकर्षक उपहार वा चिट्ठाको भर नपर्नुहोस्।

आपत् पर्‍यो भनी चिनेकै व्यक्तिले रकम माग गरेमा फोन कल गरी यकिन समेत गर्ने।

प्रविधिको प्रयोगबारे जानकार रहौँ

आवश्यकता अनुसार कम्प्युटरमा एन्टीभाइरस सफ्टवेयर तथा एडब्लकर प्रयोग गर्ने।

कुनै पनि प्रोग्राम/सफ्टवेयरको सक्कलै प्रति वा संस्करण प्रयोग गर्ने।

अत्यावश्यक डाटालाई फरक फरक माध्यममा नियमित ब्याक अप गर्ने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?