मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यसरी छुट्टयाउछन् ट्राफिक प्रहरीले तपाईँको लाइसेन्स नक्कली या सक्कली 

काठमाडौँ– सवारी चालक अनुमति पत्रको परीक्षामा उत्तीर्ण भएकाहरूलाई एक वर्ष समयावधि भएको फरक खालको परीक्षणकालीन लाइसेन्स दिने गरिएको हुन्छ । 

उक्त लाइसेन्स धनीले पाँच पटकभन्दा बढी ट्राफिक नियम उलङ्घन गरे वा कारबाहीमा परे लाइसेन्स स्वतः खारेज हुन्छ । र, पुनः परीक्षा दिएर उत्तीर्ण भए दोहोराएर परीक्षणकालीन अनुमति पत्र नै दिइन्छ । 

धेरै मानिसहरू नक्कली लाइसेन्स साथमा राखेर सवारी चलाएको आरोपमा ट्राफिक प्रहरीको कारबाहीमा परेको धेरै घटनाहरू हुन्छन् । ट्राफिक प्रहरीले नक्कली वा सक्कली लाइसेन्स भनेर कसरी थाहा पाउँछन् ? यो प्रश्न कुनै वेला तपाईँको दिमागमा पनि आएको हुनसक्छ । 

ट्राफिक प्रहरीले पछिल्लो समय मोबाइल एप्समार्फत तत्कालै अन द स्पट चेकजाँच गर्ने गरेको छ । यो एप्समार्फत लाइसेन्समा रहेको विशेष क्युआर कोडलाई ट्राफिक प्रहरीले मोबाइल एप्समार्फत स्क्यान गरी सजिलै नक्कली वा सक्कली छुट्याउन सकिन्छ । 

विशेष प्रकारको मोबाइल एप्स मार्फत यातायात व्यवस्था विभागले वितरण गरेको परीक्षणकालीन लाइसेन्स भेरिफाई गरिन्छ । क्युआर स्क्यान गरी लाइसेन्सको पूर्ण विवरण प्राप्त गर्न सकिने प्रावधान यस एप्समा रहेको छ ।

तर स्मार्ट लाइसेन्स चाहिँ सक्कली हो या नक्कली भन्ने जाँच सडकमा गर्न सम्भव हुदैन् ।

स्मार्ट लाइसेन्समा विशेष किसिमको चिप्स प्रयोग हुन्छ । त्यसैले एपले जाँच्न सक्दैन । त्यसलाई जाँच गर्न विशेष उपकरण चाहिन्छ । जुन ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवस्था विभाग र कार्यालयहरूमा मात्र उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?