मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बगरमा तरबुजा खेती, राजमार्गमा बिक्री

कञ्चनपुर – पूर्वपश्चिम महेन्द्र राजमार्गको छेउमा साना छाप्रा र छन् । छाप्रामा तरबुजा राखेर कोही ग्राहक कुरिरहेका छन् भने कोही बिक्रीमा व्यस्त छन् ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ पर्ने नवार पुल वारिपारि तरबुजा बेच्नेको भीड छ । महेन्द्र राजमार्ग भएर ओहोरदोहोर गर्ने यात्रुहरू यहाँ रोकिएर तरबुजा खरिद गर्ने गर्छन् । 

कृष्णपुर नगरपालिका–२ का रामकृष्ण चौधरीले गत चैतदेखि राजमार्ग छेउमा तरबुजा बिक्री गर्न अस्थायी छाप्रो बनाएर पसल थाप्नुभएको हो । वनरा नदीको बगरमा तरबुजा खेती गर्ने उनले बर्सेनि राजमार्गमा छाप्रो बनाएर तरबुजा बिक्री गर्दै आएका छन् । 

“बगरमा पाँच कठ्ठा र अन्यत्र दुई बिगाह जमिनमा तरबुजा, काक्रा, फर्सी खेती गरेको छुँ । यसैबाट घर खर्च चलेको छ”, रामकृष्णले भने, “दैनिक रु तीन–चार हजारको बिक्री हुन्छ ।” 

उनका अनुसार चैत महिनादेखि जेठ अन्तिमसम्म राजमार्गमा पसल थापेर तरबुजा बिक्री गर्ने गरिन्छ । हाल दैनिक १५–२० क्विन्टल तरबुजा बिक्री भइरहेको छ । प्रतिकिलोग्राम रु ५० का दरले तरबुजा बिक्री हुने गरेको छ ।

“गाडामा राखेर गाउँतिर डुलाएर पनि तरकारी बेचिन्छ । बुवाआमाले पनि खेतीमा सघाउनुभएको छ”, उनले भने, “यो सिजनमा राम्रो आम्दानी हुन्छ ।”

नवार शिविरका सालिकराम राना पनि अचेल राजमार्गमा तरबुजा बिक्री गरिरहेका भेटिन्छन् । उनले  नवार नदीको बगरमा सात कट्ठा क्षेत्रमा तरबुजा खेती गरेका छन् । 

“आफ्नो बारीमा तरबुजा पाकेको छैन । अरुबाट रु ३० मा प्रतिकिलोग्राम किनेर रु ५० मा बेच्दैछौँ”, उनले भने, “केही दिनमा आफ्नै बारीको तरबुजा तयार हुन्छ ।”

नवार पुल क्षेत्रमा तरबुजा बेचेर जीविकोपार्जन गर्नेहरूमा अधिकांश मुक्तकमैया र आरक्ष पीडित छन् ।

“शुरुमा भारतीयहरूले बगरमा खेती गर्थे । उनीहरूबाटै हामीहरूले पनि बगरमा तरकारी खेती गर्न सिकेका हौँ”, सालिकराम भन्छन्, “अहिले बगरमा भारतीय छैनन् ।”

माघदेखि बगरमा तरबुजा खेतीका लागि तयारी थालिन्छ । चैत अन्तिम साता तयार भएपछि तरबुजा बिक्रीका लागि बजार ल्याउने गरिन्छ । “अन्यत्र बिक्री गर्दा राम्रो मोल पाइँदैन ।

ढुवानी खर्च बच्ने हुनाले हरेक वर्ष राजमार्गमै तरबुजा बेच्छौँ,” बासपति रानाले भने, “अरू बेला मजदुरी गरेर घर खर्च जुटाइन्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?