मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फोल्डेबल फोन किन्दै हुनुहुन्छ ? थाहा पाइराख्नुहोस् यस्ता कुरा 

काठमाडौँ–केही समय अगाडी सामसङले सार्वजनिक गरेको फोल्डिङ र फ्लिप फोन प्रयोगकर्ताहरूले निकै मन पराएका थिए ।

फोल्ड गर्न मिल्ने फोनमा धेरै फाइदाहरू हुन्छन् । तर फोल्डेबल फोनहरू किन्दा धेरै चुनौतीहरू पनि रहेका छन् । त्यसकारण आज हामी तपाईँलाई फोल्ड गर्न मिल्ने फोन किन्दा ध्यान दिनुपर्ने कुराहरूका बारेमा जानकारी दिँदै छौँ । 

फोल्डेबल फोन किन्दा यस्ता कुरामा ध्यान दिनुहोस् 

– फोल्डेबल फोन धेरै महँगा हुन्छन् । यस फोनमा अन्य फ्ल्यागशिप फोनहरूमा जस्तै क्यामेराको गुणस्तर प्राप्त गर्न सकिदैन् । यस्तो फोनमा ब्याट्री ब्याक अप पनि कम हुने गर्दछ ।

– फोल्डिङ फोनहरू आकारमा सामान्य फोन भन्दा धेरै फरक हुने भएकोले बोक्न अलि गाह्रो छ । यदि तपाई फोल्डिङ उपकरण किन्न योजना गर्दै हुनुहुन्छ भने यसलाई सावधानीका साथ प्रयोग गर्नुपर्नेछ ।

– स्मार्टफोनलाई खल्तीमा राख्दा, फोल्ड गर्न मिल्ने स्क्रिनको बीचमा पर्ने गरी कुनै अर्को वस्तुहरू पार्नु हुँदैन । किनकि यसका कारण तपाइको फोनको डिस्प्ले बिग्रन सक्छ ।

– स्क्रिनलाई तीखो वस्तुहरूबाट टाढा राख्नु हो । यसबाहेक, ह्यान्डसेटको स्क्रिनमा धेरै दबाब पनि पर्न दिनु हुदैन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?